असोजको आधा कट्यो, आएन सुदूरपश्चिमको बजेट

धनगढी, १५ असोज । साउन देखि बजेट शुन्यता रहेको सुदूरपश्चिममा नयाँ सरकार बनेको डेढ महिना पुरा भएपनि समस्या समाधान हुन सकेको छैन।

तत्कालिन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट एमालेको असहमतिका कारण पारित हुन सकेन। एमालेले सरकार छाडेपछि नेकपाको नेतृत्वमा नयाँ सरकार बनेको डेढ महिना पुरा भएपछि बजेट आउने सुरसार भने अझै छैन। 

मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारले भदौ महिना भित्रै बजेट ल्याउने घोषणा गरेको थियो। तर, शत्तारुढ दुई दल विच बजेट कसरी ल्याउने भन्ने एकिन हुन नसक्दा असोज दोश्रो साता सम्म पनि बजेट आउन सकेको छैन। सुरुमा शत्तारुढ दल नेकपा भित्रै मुख्यमन्त्री कमल बहादुर शाहलाई विस्थापित गर्ने गरी प्रदेश सभा सदस्यले हस्ताक्षर अभियान सञ्चालन गरेका थिए। मुख्यमन्त्री खगराज भट्टले संसदीय दलमा एकलौटी गर्नेगरेको, छलफल नगरी निर्णय गरेको भन्दै नेकपामा १७ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री बिरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेका थिए।

नेकपामा प्रदेश अध्यक्ष भानुभक्त जोशी लगायत नेताको सक्रियतामा तत्कालका लागि मुख्यमन्त्री खगराज भट्टलाई नहटाउने सहमति भएपनि बजेट निर्माण गर्ने प्रकृया भने सहज नभएको नेकपामा प्रदेश सभा सदस्यको भनाई छ। ‘नेकपामा केही समस्या थियो,’ प्रदेश सभा सदस्य रमेस सिंह धामीले भने, ‘छलफल पछि बजेट ल्याउन सहजिकरण गर्ने एक खालको सहमति भएको हो, तर असन्तुष्टि अझै रोकिएको भने हैन।’

नेकपाको किचलो हटेपनि शत्तारुढ दल नेकपा एमालेले बजेट पुनर्लेखन गर्नुपर्ने अडान राखेपछि सरकारलाई बजेट ल्याउन फेरी सकस भयो। नेकपाले समस्या भएका बुदालाई सच्याएर पुरानै बजेट ल्याउनुपर्ने सुझाव राखेपनि एमालेले पुरै बजेट पुनर्लेखन गर्नुपर्ने अठडान राखेपछि फेरी अल्झिनुपर्यो’ प्रदेश सभा सदस्य धामीले भने, ‘त्यसमा पनि मध्यमार्गि बाटो त निकालियो, तर अहिले पनि बजेट आउन सकेको छैन, यो सरकारको कम्जोरी हो।’ नेकपा एमाले श्रोतका अनुसार बजेटमा शत्तारुढ दुई दलका योजना समावेस कसरी गर्ने भन्ने विषयमै समस्या रहेको छ। ‘नेकपाको भागमा परेका मन्त्रालयमा नेकपाका कार्यकर्ताले दिएका योजना मात्रै राख्ने र एमालेका मन्त्रालयमा एमालेका मात्रै योजना राख्ने गृहकार्य हुन थाल्यो, नेकपा एमालेका एक प्रदेश सभा सदस्यले भने, ‘त्यसले बजेट समावेशसी हुन नसक्ने देखियो, त्यसमा छलफल भइरहेको छ, तर टुंगो लाग्न सकेको छैन, जसका कारण बजेट आउन ढिलाई भएकोहोकी भन्ने लागेको छ।’ 

ती प्रदेश सभा सदस्यका अनुसार कार्यकर्ता स्तरबाट योजनाको अत्याधिक माग आउँदा ती योजना कसरी समावेसन गर्ने भन्ने समस्या भएको छ। नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मपाठकले भने, ‘पुरानै बजेट भएका कारण धेरै नयाँ योजना राख्न सकिने अवस्था पनि छैन, तर कार्यकर्ताबाट अत्याधिक योजना माग भएका छन्, सवै योजना समावेस गर्नसक्ने स्थिती पनि छैन, कस्ता योजना राख्ने र कस्ता योजना नराख्ने भन्ने एकखालको अल्झन पनि देखिन्छ।’

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चक्र मल्लले भन बजेट निर्माण प्रकृया लगभग अन्तिम चरणमा पुगेको दावि गर्छन। बजेट ल्याउने वेला सविभिन्न मन्त्रालयका सचिव सरुवा हुदा समस्या भएको मन्त्री मल्लको भनाई छ। ‘विभिन्न मन्त्रालयका सचिव पिक आवरमा सरुवा हुदा बजेट निर्माण प्रकृया केही प्रभावित भयो, जसका कारण काम गर्न ढिलाई भएको हो,’ मन्त्री मल्लले भने, ‘अहिले सवैकुरा मिलेको छ, अव अन्तिम चरणमा छ, केही समयमै बजेट प्रदेश सभामा पेश हुने छ।’ मन्त्री मल्लले अघिल्लो सरकारले अनुमाना अधारमा बजेट ल्याएको भएपनि अव एथार्थ बजेट प्रदेश सभामा पेश हुने बताउछन्। ‘अव हामीसंग कति बजेट छ भन्ने एकिन भइसकेको छ,’ आर्थिक मामिला मन्त्री मल्लले भने, ‘त्यसैले अनुमानका आधारमा बजेट आउने छैन।’ एथार्थताका आधारमा बजेट ल्याइने हुदा अघिल्लो सरकारले ल्याएको बजेट भन्दा अवको बजेटको आकार घटर आउन सक्ने उनको भनाई छ।

तत्कालिन कमल शाह नेतृत्को सरकारले असार १ गते राती पौने १२ बजे चालु आर्थिक बर्ष २०८३/०८४ का लागि प्रदेश सभामा ३७ अर्ब ७० करोड बराबरको बजेट प्रदेश सभामा पेश गरेको थियो। तर नेकपा एमालेले असार १७ गतेनै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लगेसंगै सरकार अल्पमतमा पर्दा सो बजेट पास हुन सकेको थिएन।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖