गगनको निर्वाचन क्षेत्र सर्लाही ४ को महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र र वीरेन्द्र दाजुभाइको मनपरी, कांग्रेसमा आक्रोश

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्र सर्लाही ४ मा सुरेन्द्र सिह र वीरेन्द्र सिंहको मनपरीले पराकाष्टा नाघेको छ ।

कांग्रेसको १५औं महाधिवेशनमा सहमतिका नाममा सिंह दाजुभाइले आफ्ना परिवारका चारजनालाई प्रतिनिधि बनाएका छन् । प्रतिनिधि चयन गर्दा विभिन्न क्लस्टरमा आफ्नो परिवार, समुदाय र क्षेत्रका व्यक्तिलाई मात्र राखेपछि तीव्र असन्तुष्टि फैलिएको छ ।

पार्टी सभापति थापाको निर्वाचन क्षेत्रमा चुनावबाट प्रतिनिधि चयन गर्दा गलत म्यासेज जाने भन्दै सुरेन्द्र र वीरेन्द्रले वडा तहदेखि नै आफ्ना मान्छेलाई मात्रै च्याप्दै गएको पाइएको छ । क्षेत्रीय अधिवेशनको उदघाटन गरेपछि सहमतिमा प्रतिनिधि चयन गर्ने भनेर पाँचजनाको एउटा समिति बनाएर त्यसले दिएका नामका आधारमा क्षेत्रबाट ३४ जनाको नाम प्रतिनिधि छनोट गरी केन्द्रमा पठाइएको छ । विवाद हुने डरले अहिलेसम्म नाम सार्वजनिक गर्न सिंह दाजभाइ डराएका छन् ।

सुरेन्द्र सिंह र वीरेन्द्र सिंहले भूमिहार, राजपुत र बाहुन समुदाय तथा आफ्ना नातागोता–कुटुम्ब र निकट व्यक्तिलाई महाधिवेशन प्रतिनिधि, क्षेत्रीय तथा प्रदेश कार्यसमितिका महत्वपूर्ण पदमा प्राथमिकता दिएको, तर अन्य वर्गलाई कमजोर बनाउने उद्देश्यले महत्वपूर्ण पदबाट वञ्चित गरेको भन्दै निर्वाचन क्षेत्रमा असन्तुष्टि उब्जिएको छ । 

सर्लाही ४ मा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतका निर्वाचनमा देखिएको विभेदपूर्ण व्यवहारप्रति आक्रोश यतिसम्म बढेको छ कि जिल्ला अधिवेशन र आगामी स्थानीय र प्रदेश सभा निर्वाचनमा सिंह दाजुभाइलाई ‘देखाइदिने’ भनेर नेता कार्यकर्ता बसेका छन् । सुरेन्द्र र वीरेन्द्रले निर्वाचन क्षेत्रमा कांग्रेसलाई निजी विरासत बनाएको आरोप लागेको छ । 

सहमतिका नाममा सर्लाही ४ बाट महाधिवेशन प्रतिनिधि छनोट गरिएकामा कौशलकिशोर सिंह (क्षेत्रीय सभापति), किरणदेवी यादव, सुभद्रादेवी महतो, उषादेवी महतो, बेबी सिंह, सुरेन्द्रप्रसाद सिंह, रामाश्रयप्रसाद साह, उपेन्द्रप्रसाद कुशवाहा, वीरेन्द्रप्रसाद सिंह, केदारनन्दन चौधरी, मनिष मिश्र, श्यामसुन्दर यादव, रविनन्दन चौधरी, रघुवीर कार्की, कमलेश्वर सिन्हा छन् ।

यस्तै, शिवशंकर रिजाल, डा.जितेन्द्र मिश्र, निभाकुमारी साह, गौरव पाण्डे, सुधिरकुमार सिंह,, धर्मेन्द्र सिंह, अजितकुमार सिंह, लक्ष्मी पासवान, दिनेश महतो, समी अख्तर खाँ, अभिनन्दन सहनी, अंशुकुमारी सिंह, किरणकुमारी शर्मा, विभा सिंह, मीनादेवी दास, अभयकुमार सिंह, लक्ष्मीनारायण महतो, ज्यानेन्द्र झा र दिपकप्रसाद साह छन् । सिंह दाजुभाइले आफ्नो समुदायका आठजनालाई महाधिवेशन प्रतिनिधि बनाएका छन् ।

सुरेन्द् सिंह मनुस्मरा  सिँचाइ आयाेजनाकाे बनमुद्दामा अदालतबाट भ्रष्टाचार प्रमाणित भएका व्यक्ति हुन् । भ्रष्टाचारी ठहर भएपछि उनलाई कांग्रेसकाे सर्लाही सभापतिबाट हटाइएकाे थियाे । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖