कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसले १५औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ।

महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले देश शोकमा रहेकाले महाधिवेशनमा झाँकीसहितको तामझाम नगर्ने निर्णय भएको जनाएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्न सबै उम्मेदवारहरुलाई आग्रह गरिएको बताए। 

महाधिवेशनको तयारी अन्तिम अवस्थामा पुगिसकेको उनले बताए। ‘यो अधिवेशन अत्यन्तै मितव्ययी रूपमा सम्पन्न गर्न गइरहेको छ। प्रचारका कुनै झाँकीहरू, तस्बिरहरू, झकिझकाउ धेरै देख्नुहुने छैन। देशमा ठूलो विपत् आएको अवस्थामा हाम्रो बाध्यात्मक अवस्थाको अधिवेशन हो,’ उनले भने ।

कांग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरु राख्ने प्रवक्ता चालिसेले जानकारी दिए। उनले प्रचारप्रसारका लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेदवारहरुलाई आग्रह गरे।
कांग्रेसको महाधिवेशनमा ७७ सय प्रतिनिधि सहभागी हुने भएका छन्। प्रतिनिधि छनोट गर्ने क्रम अन्तिम चरणमा पुगिसकेको बताए।

‘महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री सहरमा टाँसिंदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ,’ उनले भने ।
महाधिवेशनमा आउने प्रतिनिधिलाई बिहान, दिउँसो र बेलुकाको खाना भृकुटीमण्डपमा व्यवस्था मिलाएको भए पनि बासको व्यवस्था आफैँले गर्नुपर्ने उनको भनाइ छ। 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖