धनकुटाको विकास र समृद्धीका लागि बर्तमान सरकार कटिवद्ध छ : कानुनमन्त्री कार्की

धनकुटा  , कानुन न्याय तथा संसदिय मामिला मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले धनकुटाको विकास र समृद्धीका लागि बर्तमान सरकार कटिवद्ध रहेको वताउनु भएकाो छ ।

नेपाली कांग्रेस धनकुटाको प्रतिनीधि मण्डल सँग काठमाण्डौमा भेटघाट गर्दै उहाँले त्यस्तो बताउनु भएको हो । मन्त्री कार्की संग नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल,महासमिति सदस्य आनन्द सन्तोषी राई,जिल्ला सचिव विजय सन्तोषी राई,जिल्ला सदस्य निलम थामा,धनकुटा — काठमाण्डौ सम्पर्क समितिका सभापती भीम थापा,नेपाल विद्यार्थी संघका धनकुटा — काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष सविन पोखरेल लगायतका नेताहरुले मन्त्रालयमा भेटघाट तथा छलफल गरी धनकुटाको विकास र समृद्धीका लागि विशेष योजना सहितको बजेटको व्यवस्था गर्न अनुरोध गरेका छन् ।

यसैगरी प्रतिनीधि मण्डलले आजै पार्टीका प्रभावशाली केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसी संग पनि भेटघाट गरी पार्टी संगठन र धनकुटाको विकासको वारेमा छलफल गरेको  छ । भने कांग्रेसका चर्चित यूवा नेता तथा पूर्व मन्त्री केन्द्रिय सदस्य गगन कुमार थापासँग पनि भेट गरी पार्टीको  आगामी महाधिवेशन,धनकुटाको विकास र समृद्धीका लागि छलफल गरेको  छ ।

सो अवसरमा प्रतिनीधि मण्डललाई मन्त्री तथा कांग्रेस नेता कार्की, केसी,यूवा नेता तथा पूर्व मन्त्री थापाले धनकुटाको विकास र समृद्धीका लागि सहयोग गर्ने आश्वसान दिएका छन् । उनिहरुले कांग्रेसको आगामी महाधिवेशन सफल बनाउन सवै लाग्नु पर्नेमा समेत जोड दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।