छथरजोरपाटीलाई स्वास्थ्य सामाग्री
धनकुटा,३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनकुटाको छथरजोरपाटी गाउँपालिकाको कोरोना उपचार केन्द्रका लागि स्वास्थ्य उपकरण र सामाग्री उपलब्ध गराएको छ ।
उपचार केन्द्रका लागि आवश्यक अक्सिजन कन्सटेटर, अक्सिजन सिलिण्डर, अक्सिमिटर, गाउन, स्यानीटाइजर र मास्कलगायत ६ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको हो ।
संविधानसभा सदस्य हेमराज भण्डारी लगायतको पहलमा प्राप्त स्वास्थ्य सामग्री गाउँपालिका लाई हस्तान्तरण गरिएको छथरजोरपाटी गाउँपालिका २ का अध्यक्ष कृष्णकुमार मगरले जानकारी दिनुभयो ।
हस्तान्तर कार्यक्रम गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु, छथरजोरपाटी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोल, दिपक गुरुड,गिता खेवा, ज्ञानेन्द्र बहादुर कार्कि लगायतको उपस्थिती रहेको जनाईएको छ ।


