पत्रकार महासंघ धनकुटामा ११ सल्लाहकार मनोनित

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाले ११ जना पूर्वअध्यक्ष तथा अग्रज पत्रकारहरुलाई सल्लाहकारमा चयन गरेको छ ।

विहिवार सम्पन्न कार्यसमितिको वैठकले संस्थापक अध्यक्ष तथा पूर्वकेन्द्रिय उपाध्यक्ष सञ्जयसन्तोषी राई, पूर्वअध्यक्षहरु गोपालप्रसाद अधिकारी, विजयसन्तोषी राई, मोहन वान्तवा राई, खगेन्द्र प्रसाद घिमिरे सहित अग्रज पत्रकारहरु सिद्धराज राई, रमेशचन्द्र अधिकारी, सन्तवीर लामा, स्मिता निरौला, सन्तोष रुचाल र भेषराज कटेललाई चयन गरेको महासंघका सचिव हरिबहादुर लम्जेलले जानकारी दिए ।

त्यस्तै आपत् र विपत्मा परेका पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको पत्रकार कल्याण कोषको संयोजकमा सचिव हरिबहादुर लम्जेल चयन भएका छन् । पत्रकार महासंघको वैठकले कोषको नयाँ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा आशिष लिम्बु, शर्मिला राई, विश्वराज श्रेष्ठ, आकृति राई, मनिषा पोखरेल छन् भने सदस्य–सचिवको रुपमा डण्डिकेशर कटेल ‘रविन’ छन् ।

त्यस्तै वैठकले पत्रकार महासंघ आवद्ध तथा विभिन्न संचारमाध्यममा कार्यरत कोरोना संक्रमित संचारकर्मीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको क्रममा समस्या परेका संचारकर्मीहरुको आर्थिक सहायताको लागि नेपाल पत्रकार महासंघ प्रदेश तथा केन्द्रिय समिति र प्रादेशिक संचार प्रतिष्ठानमा आवश्यक समन्वय गर्ने निर्णय समेत गरेको छ ।

महासंघको संस्थागत विकासको लागि बार्षिक कार्यायोजना तयार गर्न महासंघका उपाध्यक्षद्वय विदुर खवास, देवकला कार्कीलाई वैठकले जिम्मा दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।