धनकुटामा आज थप ९ जनामा संक्रमण पुष्टि
धनकुटा,४ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ५९ रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ४ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो । जस अनुसार आज ९ जनामा संक्रमण पुष्टि भएको छ भने आज २४ जना कोरोना संक्रमण मुतm भएको जनाईएको छ ।
१ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा र १० जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायणा श्रेष्ठ द्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यु हुनेको संख्या १२ रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ तायु हुनेको संख्या १७ रहेको जनाइएको छ ।
यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यु हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।


