धनकुटा भरिनै भोली विद्युत सेवा अवरुद्ध हुने,यो हो अवरुद्द हुने समय !
धनकुटा । भोलि भदौ ६ गते आइतबारका दिन बिहानको १:०० बजेदेखि बिहान ५ बजे सम्म धनकुटा जिल्ला भरिनै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।
रानी विराटनगर ईटहरी धरान सडक आयोजना द्वारा बिस्तारित आंपगाछी तरहरा सडक खण्डको तरहरा स्थित सडक क्रसिङमा रहेको बिधुत टावर हटाइ अण्डरग्राउण्ड केवल जडान गर्न ३३ केभि लाईन सटडाउन लिएकोले उक्त समयमा जिल्ला भरि बिद्युत अवरूद्ध हुने प्राधिकरणले आफ्नो फेसबुक मार्फत जानकारी गराएको हो ।
प्राधिकरणले फेसबुकमा लेखेको छ :
रानी विराटनगर ईटहरी धरान सडक आयोजना द्वारा बिस्तारित आंपगाछी तरहरा सडक खण्डको तरहरा स्थित सडक क्रसिङमा रहेको बिधुत टावर हटाइ अण्डरग्राउण्ड केवल जडान गर्न मिति २०७८।०५।०६ गते बिहानको १:०० बजे देखि बिहान ५:०० बजे सम्म (1:00 Am to 5:00 Am) ३३ के.भि. दुहबि देखि धरान आउने लाईन सटडाउन हुने जानकारी आएको हुदा धनकुटा जिल्लाको बिद्युत पनि सो समयमा अवरुद्ध हुने ब्यहोरा जानकारी गराइन्छ । यसबाट ग्राहक महानुभाबहरुमा पर्न जाने असुबिधा प्रति ने बि प्रा धनकुटा बितरण केन्द्र क्षमाप्रार्थी छ । धन्यबाद ।



