कांग्रेस प्रवक्ता शर्मा र युनियन अध्यक्ष सिग्देल सँग पार्टीको महाधिवेशन युनियनको भूमिकाको वारेमा परामर्श

धनकुटा । नेपाली कांग्रेस धनकुटाको टोलीले कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा र नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल सँग पार्टीको महाधिवेशन र संगठनको विषयमा परार्मश गरेको छ ।

कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई,महाधिवेन प्रतिनीधि नेता उदय लिम्बु,जिल्ला सदस्य निलम थापा,नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,नेपाल विद्यार्थी संघ धनकुटा काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष सबिन पोखरेल लगायतले आज काठमाण्डौमा नेता शर्मालाई भेटेर अव पार्टीलाई यूवाहरुले नेतृत्व दिनु पर्ने सुझाव दिदै विभिन्न विषयमा परार्मश गरेको हो ।

भेटमा शर्माले पार्टीको आगामी महाधिवशेनबाट देशभरी कांग्रेसको ठूलो संख्यामा नेतृत्वमा स्थापित हुने वताउनु भयो । त्यस्तै टोलीले नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष सिग्देल सँग पनि भेट गरि कांग्रेसको आगामी महाधिवेशनमा संगठनको भूमिकाको विषयमा छलफल गरेको छ ।

नेपाल प्रेश युनिनका केन्द्रिय उपाध्यक्ष समेत रहनु भएका कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले महाधिवेशनबाट यूवा नेताहरु नेतृत्वमा आउनु पर्नेमा जोड दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।