नेता नेपालले अरुलाई सधै नीति र बिधीको कार्ड फाल्दै आफुले बेथीति मच्याउने अवसर पाउँदा एमाले फुटियो

वीरबल खड्का,धनकुटा ।
नेकपा एमाले बिभाजनको कारक नेता माधब कुमार नेपाल को अंहकार हो जसले सधै विधि र नीतिको कार्ड फाल्दै भित्र भित्र पार्टीलाई कमजोर बनाउदै पद बिना बस्ने नसक्ने महत्वकांक्षी आफ्नै अहंकारले पार्टीलाई फुटाएर छोडे नेपालको कम्युनिस्ट आन्दोलनलाई ठुलो षड्यन्त्र गरेका छन् ।

नेकपा (एमाले) पार्टी भित्र आठौ महाधिवेशन अगाडी लगतार १५ बर्ष सम्म पार्टी नेतृत्व समालेर आएका नेता माधब कुमार नेपाल नौ महाधिवेशनमा पुन अध्यक्ष पदमा उमेरद्वारी दिए र कडा प्रतिस्पर्धाको बिच नेता नेपाल अर्का एमालेका प्रभावशाली नेता केपी ओलीसग पराजीत भए यसरीनै ओलीले पार्टी नेतृत्व गरेसगै पार्टी संगठानीक , बैचारिक नेतृत्वगत रुपमा झन सुदृढीकरण हुँदै देश व्यापी सशक्त हुँदै आयो।

२० बर्ष पछी भएको स्थानीय निर्वाचनमा एमाले एक्लैले देश व्यापीरुपमा धेरै स्थानीय निकायको निर्बाचन जित्दै देशकै सबै भन्दा ठुलो दल भएर आयो साथै यसरीनै नेपालका बामपंथीहरु लाई एकताबद्ध गर्दै कम्युनिस्ट पार्टीहरु एक गर्ने शुरुवाती अभियानको नेतृत्व पनि नेता ओलीले नै गर्दै आउनु भयो परिणाम स्वरुप चुनाबी ताल मेल सगै नेपालका दुई प्रमुख बाम शक्तीले देशको प्रदेश तथा संघको चुनाबमा करिब दुई तिहाईको जनमत ल्याउन सफल भए र देशको शासन सत्ता सञ्चालन गर्ने क्रममा नेतृत्वगत केही कमजोर नभएको भने हैन तर त्यो हुनुमा आफ्नै सत्तारोण दलका प्रमुख नेताको असहयोग साथै सरकारलाई असफल बनाउने गृहकार्यमा नेताहरु शुरु देखीनै लागी परे यसमा बिशेश गरेर पार्टी एकिकरणको प्रमुख शक्ती नेकपा माओवादीका अध्यक्ष वा एकीकरण पश्चात् बनेको नेकपाका दोस्रो अध्यक्ष प्रचण्ड तथा अर्का नेता माधब नेपाल एक आपसमा मिलेर एकताका महाधिवेशन पर्वनै बहुमत र अल्पमतको खेल बाट उत्पन्न परिस्थिति सगै नेताको आपसी टकरापले पार्टीमा ठुलो हलचल र खटपट ल्यायौ परिणाम स्वरुप नेकपा पार्टी सम्बन्धी नामको बिषयलाई लिएर परेको सर्बोच्चको रिटको सुनाई गर्दै नेकपा पार्टीको बैधानिकता समाप्त भयो ।

तत्कालीन एमाले र माओवादी एक आपसमा व्युतिए, परिणामस्वरूप अन्त्त एमाले र माओबादी आ आफ्नै बाटो लागे तर माओबादीका केही नेता एमाले पार्टी मै रहे भने नेकपा हुदा एमाले समुहका माधब नेपाल समूह एमाले पार्टीमा फर्के पनि एमाले नेतृत्व र एमालेको कार्यदिशा मूल्य र मान्यतामा रहेनन फल स्वरुप फरक गतिविधि र व्यवहार गर्दै पार्टीलाई कलहमा लैजाने र छुट्टै रुपमा समान्नतर गतिबिधी सञ्चाल गर्दै आयो आफ्नै पार्टी नेतृत्वको सरकारलाई असहयोग गर्दै आयो फलस्वरुप सरकारको नेतृत्वको गरेको आफ्नो पार्टीका अध्यक्ष तथा संसदीय दलको नेतालाई विश्वासको मत दिने समयमा २७ सांसदको अनुपस्थिति भए ।

यसरीनै पछिल्लो संसद विघटनको बिषयमा सर्बोच्चको फैसलाले संसद व्युताउने निर्णय सगै प्रधानमन्त्री समेत तोकिदिएर परमादेश जारी भयो फलस्वरुप एमाले प्रमुख प्रतिपक्ष भयो तर एमाले नेता नेपालको नेतृत्वमा केही सांसदले भने सत्तापक्षका प्रधानमन्त्रीलाई विश्वासको मत दिए र एमालेलाई बिभाजन तर्फ धकेल्ने काम गरे यसरीनै पार्टीले कहिले नेतालाई कार्वाही गर्ने कहिले आम माफी दिने शृखला निकै लामो चलो तर पनि माधब नेपाल समूह विधि र नितीको नाममा पार्टीलाई कमजोर बनाउने समान्नतर क्रियाकलाप भने जारी नै राखे फलस्वरुप पार्टी बिभाजन गर्ने संख्या समेत नभएका नेपालले सत्तापक्षलाई विश्वासको मत दिदै संसदको आखा छलेर २०% सांसद वा केन्द्रीय सदस्य भए दल बिभाजन गर्ने अध्यादेश जारी गर्न लगाउदै पार्टी बिभाजन गरेका छन् परिणाम स्वरुप अब भिन्न झण्डा सगै भिन्न चुनाब चिन्ह बनाएका छन्।

नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिइरहने ‘नेकपा (एमाले) ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात् गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्ने अभियानमा ठुलो कसरत गर्दै आएका नेता कार्यकर्तालाई नेता नेपाल ले निराश बनाएर पार्टि बिभाजनको प्रमुख कारक नेता नेपाल भएका छन।

यस्तो स्थिति सिर्जना हुनुको मुख्य कारण पार्टी नेता नेपाल ले अंगीकार गरेको फरक गतिबिधी गलत विचार र गलत व्यवहार नै रहेको छ।‘उहाँ पार्टीका सिद्धान्त, नीति, विचार र पार्टीको नवौं महाधिवेशनबाट पारित गरिएका निर्णयअनुसार नचल्नु हो । पार्टीको नवौं महाधिवेशनले मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने मूल नीति पारित गरेको थियो, तर त्यही महाधिवेशनबाट पार्टी अध्यक्षमा चुनिएका केपी ओलीलाई सधै असहयोग गर्दै आउनु भयो महाधिवेशनका निर्णय बोक्दै बोक्नुभएन फल स्वरुप बिपक्ष सग मिल्दै आफु नेतृत्वमा हुनु पर्ने पदको लोभले गर्दा एमाले पार्टी भित्र सधै विधि र नीतिको कुरा गर्दै आफुले त्यसको बिपरित गतिबिधि गर्दै त्यसको अवसर लिदै अन्तिममा आएर पार्टी बिभाजन गरि छोड्नु भयो त्यसैले आम नेता कार्यकर्ता पार्टी शुभेछुक मतदाताले पार्टी बिभाजनको कारक नेता नेपाललाई नै लिएका छन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।