साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने

विराटनगर , ७ भदौ । म’हामारी र वि’पदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र हिँ’सा पि’डितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । म’हामारी र वि’पदको अवस्थामा मात्र नभएर विभिन्न सेवाबाट बञ्चित भएका पिडितहरुलाई न्याय र सेवा कहाँ कसरी पाईन्छ भन्ने सूचना दिन र उनीहरुलाई मनोविर्मश प्रदान गर्नका लागि साझा हेल्पलाईन सेवा अति आवश्यक देखिएकोले सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरकारवालाहरुले जोड दिएका हुन ।

सोमबार साझा अधिकारका लागि साझा मञ्च (कोकन) ले कोभिड म’हामारीका बेला अल्पकालिन रुपमा आफनै पहलमा सञ्चालन गरेको हेल्पलाईन सेवा प्रभावकारी पाइएकोेले सरकारले चासो दिएर दिगो रुपमा सञ्चालन गराए सबैले सहज रुपमा प्रभावकारी सेवा प्राप्त गर्न सक्ने सरोकारवालाहरुले सुझाव दिए ।

अधिवक्त्ता कोषराज न्यौपानेले महामारीको बेला कुन अस्पतालमा कोभिडको उपचार हुन्छ हुदैन , बेड खाली छ छैन ? भर्ना लिन्छन लिदैनन ? सरकारले तोकेको सेवा पाईन्छ पाइदैन ,?अरु सिकिस्त विरामीको उपचार हुन्छ हुदैन भन्नेबारे सूचना नपाउँदा धेरैले सास्ती बेहोर्नु परेकोले साझा हेल्पलाईन दिगो रुपले सञ्चालन गराउन सरकारले चासो दिनुपर्नेमा जोड दिए । अधिवक्त्ता न्यौपानेले हेल्पलाईनहरुले सेवा प्रदायक संस्था र जिम्मेवार सकारी निकाय ,अधिकारबादी संघसँस्था , पत्रकार , सहयोगी दाता सबैको ठेगाना र अवस्थाबारे अवस्था संकलन गरेर सूचना दिने भएकोले पिडितहरुका लागि समन्वयकारी भूमिका खेल्न पनि सहयोग पुरयाउने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु बर्तौलाले सबै निकायहरुको काम गर्ने तरिका र सिमितता आआफनै हुने भएकोले महामारी र विपदको अवस्थामा मात्र नभएर अन्य अवस्थामा पनि न्याय र सेवा नपाएका पिडितहरुका लागि साझा हेल्पलाइन सेवाबाट सूचना लिन र सेवा प्राप्त गर्न सहयोग पुग्छ भनिन ।

बालहेल्पलाइन विराटनगरका संयोजक बासु अधिकारीले कोभिड संक्रमण जस्तो म’हामारीका बेला सबैका लागि साझा हेल्पलाइनको अभाव अति नै खडकिएको महशुस भएको अभावमा धेरैले अस्पतालको सेवा लिन दुख पाउनु परेकोले सरकारले साझा हेल्पलाइन सेवा सञ्चालन गराउन ढिलो गर्नुहुदैन भने । मानव अधिकार रक्षक परिषद प्रदेश १ संयोजक सोमराज थापाले गैरसकारी क्षेत्रबाट मात्र नभै सरकारको समेत सहभागीतामा बालहेल्प लाइन जस्तै गरेर म’हामारी , वि’पद र अन्य पिडितहरुका लागि दिर्घकालिन रुपमा साझा हेल्पलाइन सञ्चालन भए प्रभावकारी हुन्छ भने । कोशी कोभिड अस्पताल विराटनगरका फोकल पर्सन बैजनाथ साहले मनोविमर्श सहितको साझा हेल्पलाइन सेवा भएमा विरामीहरु चाँडै निको हुने र भैरहेकोले दिर्घकाल सञ्चालनमा चासो दिन सरकारसँग आग्रह गरे । उनका अनुसार सूचनाको अभावले गर्दा धेरै विरामीहरु आएर पनि भर्ना पाउन नसक्दा सास्ती पाउनु परेको र भर्ना भएकाहरुले उचित मनोविमर्श सेवा पाउँदा भेन्टिलेटरमा पुगेर पनि निको भएको अवस्था बर्णन गरे ।

अध्यक्ष तथा मनोविमर्शकर्ता मन्जिता उपाध्यायले दोस्रो महामारी सुरु भएपछि प्रभावकारी सेवाबाट बंन्ञ्चित हुन नदिन कोकनले आफै पहल लिएर अल्पकालिन हेल्पलाइन सेवा सुरु गरेको र त्यो अति नै प्रभावकारी भएको बताइन । उनका अनुसार सरकारले चासो दिएर उचित प्रचारप्रसार गराउन सके सबै समयमा साझा हेल्पलाइन सेवा पिडितहरुका लागि फलदायी हुन्छ भनिन ।

कोकनले अल्पकालिन रुपमा सञ्चालन गरेको हेल्पलाइन सेवाकी फोकल पर्सन ईन्दिरा भट्टराईका अनुसार छोटो समयमा कम प्रचारप्रसार भएपनि हेल्पलाइन सेवाबाट धेरैले प्रभावकारी रुपमा सेवा पाएको बताइन । उनका अनुसार हेल्लाइन सुरु भएको ६ महिनाको अवधिमा झापा , इलाम , मोरङ, सुनसरी , धनकुटा मात्र नभएर मुगु र सिन्धुपाल्चोक गरि कुल ७० पुरुष र २० जना महिलाहरुले सेवा लिएका थिए । हेल्पलाइनमा मार्फत धेरै अस्पतालबारे बुझिदिनुपर्ने , औषधी र ब्लड खोजिदिनुपर्ने , सुरक्षित होटलबारे जानकारी दिनुपर्ने , उपचारको अवस्था कस्तो छ भन्नेबारे जानकारी गराउनेदेखी विरामी , आफन्त र हिँ’सा पि’डितहरुलाई फोनमार्फत मनोविमर्श सेवा दिइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।