गाडीको ठक्करबाट मोटरसाईकल सवार १ जनाको मृ त्यु, १ जना घा’ईते

सुनसरी, भदौ ७ । सुनसरी ईटहरी उपमहानगरपालिका २० पानीपियाको जंगलम स्थित कोशी राजमार्गमा धरानबाट ईटहरी जादै गरेको प्रदेश १ -०२-००१ ख ८४४५ को सेप्टिट्याङकी जडित गाडीले बिपरति दिशाबाट आईरहेको मोटरसाईकललाई ठ’क्कर दिँदा १ जनाको मृ’त्यु भएको छ भने एक जना ग’म्भिर घाईते भएका छन् ।

मृ’त्यु हुनेमा मोटरसाईकल पछाडी सवार रहेका मोरङ बिराटनगर १४ भट्टिमोड का १८ बर्षीय सफल राजबंशीको उपचारको क्रममा दिउसो १ बजे घोपा धरानमा मृ’त्यु भएको थियो भने चालक भट्टिमोडकै २२ बर्षीय अभिनाष राजबंशी सोही अस्पतालमानै उपचार भईरहेको छ ।

आज दिउसो पौने १ बजे भएको सो दु’र्घटनाको जानकारी पाउन साथ प्रहरी चौकी तरहराबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी पठाएको थियो । दुर्घटना हुँदा मोटरसाईकलमा आगोलागी ज’लेको हुँदा नम्बर भने तत्काल खुल्न सकेको छैन ।

गाडी र गाडी चालक सुनसरी ईटहरी ४ का २८ बर्षीय फुलमान राई प्रहरीको नियन्त्रणमा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।