सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

कर्णाली, ८ भदौ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना गरेको छ ।

कोरोना भा इरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । जनताको जीवनस्तरलाई हेरेर प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदा यो बीचमा सङ्क्रमित बढेपछि यसलाई अनियन्त्रित हुन नदिन र नागरिकको जीवनरक्षा गर्न निषेधाज्ञालाई जारी राखिएको प्रजिअ रिजालले बताउनुभयो ।

सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ भने तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थका लागि बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म खुला गरेको छ । त्यस्तै खाद्यान्नलगायत अन्य पसल बिहान ८ः०० देखि बेलुका ७ः०० बजेसम्म खुला राख्न सूचना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार होटल तथा रेष्टुरेण्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुका साथै भीडभाड हुन नदिएर सञ्चालन गर्न सकिने र सरकारी तथा सार्वजनिक निकायमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरेर खोल्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सभा, सेमिनार, गोष्ठी, दोहोरी नाच, भोजभतेर, खेलकुद, स्वीमिङ, क्लब, देउडा, मेलाजस्ता गतिविधि गर्न पूर्ण निषेध गरेको छ । प्रशासनको कडाइले पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्यामा पनि कमि आएको जनाइएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।