खोपमा चरम लापरवाही,होटलमा भेरोसेल खोप

झापा, ८ भदौ । बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरवाही भएको ठहर गरेको छ ।

जिल्ला कोभिड खोप व्यवस्थापन केन्द्रले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई बुझाएको छ ।

खोपजस्तो मानिसलाई मृत्युको मुखबाट बचाउने संवेदनशील वस्तु होटलजस्तो असम्बन्धित ठाउँमा सरकारी गाडीबाट ढुवानी गरेर पु¥याउनु, तत्काल खोपलाई नगरपालिका पु¥याउने अवस्था रहँदारहँदै होटलका कर्मचारीलाई जिम्मा लगाउनु र होटलमा खोप बुझेर कोभिड फोकलपर्सन अन्यत्र हिँड्नु अत्यन्त गैरजिम्मेवार र चरम लापरवाही भएको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिका संयोजक रिमालले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि देखिएको हुँदा खोप बुझाउने र बुझ्ने दुवै पक्षका कर्मचारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्न राय दिइएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय झापाले गत साउन १५ गते भेरोसेल खोपको १०३ भाइल बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई पठाएको तर सो खोप बिर्तामोडका कोभिड फोकलपर्सन खड्काले होटलमै बुझेका थिए । होटलमा खोप लुकाउन खोजेको भनेर विवाद भएपछि छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिले तीन हप्ता छानबिन गरेर प्रतिवेदन बुझाएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रतिवेदन बुझ्दै आज हुने कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकमा छलफल गरिने र आवश्यक कारबाहीका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइने बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।