भदौ मध्यसम्म लकडाउनलाई निरन्तरता

तनहुँ । जिल्लामा भदौ १५ गतेसम्म अहिलेकै लकडाउनले निरन्तरता पाएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सोमबार राति १२ बजेदेखि अन्त्य भएको निषेधाज्ञालाई १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले साविककै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

उनका अनुसार यस अगाडि बिहान ५ देखि १० बजेसम्म खुल्दै आएका खाद्यान्न तथा तरकारी पसल अब बिहान ५ देखि ११ बजेसम्म खुल्नेछन् ।

त्यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म खुल्दै आएकामा अब १२ बजेदेखि ६ बजेसम्म खुल्ने निर्णय भएको छ ।

सार्वजनिक तथा निजी सवारी साधनलाई जोर–बिजोर लागू गरिएको छ । जोर दिन जोर नम्बर र बिजोर दिन बिजोर नम्बरका सवारी साधन सञ्चालन हुनेछ ।

जिल्लामा बिहान ६ देखि साँझ ६ बजेसम्म सवारी सञ्चालनको अनुमति दिइएको छ । प्रशासन कार्यालयले अब जिल्लामा स्मार्ट लकडाउनको तयारी गरेको छ ।

स्थानीय तहमा कोभिड सङ्क्रमणको जोखिमलाई हेरेर स्थानीय तहको सिफारिसबमोजिम स्मार्ट लकडाउन गरिने बरालले बताए । ‘अहिले सबै ठाउँबाट तथ्याङ्क नआएकाले साविककै लकडाउनलाई निरन्तरता दिइएको छ, बीचमा स्थानीय तहले सिफारिस गरे सोहीअनुसार निर्णय हुन्छ,’ बरालले भने ।

सरकारले गत साउन १५ गते जारी गरेर भदौ १ गतेदेखि लागू हुने गरी स्मार्ट लकडाउन कार्यविधि लागू गरेको छ । सङ्क्रमण, मृत्यु, अस्पतालको पूर्वाधार, जनस्वास्थ्य मापदण्ड कार्यान्वयनको अवस्थालाई हेरेर कार्यविधिमा चार रङमा विभाजन गरिएको छ ।

जसमा रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजन गर्ने कार्यविधिमा उल्लेख छ ।

सङ्क्रमितको सङ्ख्या ६५ प्रतिशतभन्दा माथि भए रेड जोन, ३१ देखि ६५ प्रतिशत भए एम्बर, १६ देखि ३० प्रतिशतमा भए पहेँलो सङ्केतमा सफ्ट लकडाउन, १५ प्रतिशतभन्दा कम भए हरियो अर्थात् मिनीमल लकडाउनको नियम ल्याइएको छ ।

तनहुँमा सोमबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३३३ रहेको छ । गत वैशाखयता तनहुँका चार हजार ९०५ जनामा सङ्क्रमण भएको छ भने चार हजार ४६६ जना निको भएका छन् । त्यस्तै १०६ जना सङ्क्रमितको मृ त्यु भएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।