स्वास्थ्य सामाग्रीको विषयलाई लिएर धनकुटाका राजनीतिक दल वीच आरोप प्रत्यारोपको स्थिति सिर्जना ! एमाले धनकुटाले जारी गर्यो प्रेस विज्ञप्ती
भाद्र ८,धनकुटा । धनकुटाका जनतालाई लक्षित गरि प्राप्त स्वास्थ्य सामाग्रीको विषयलाई लिएर धनकुटाका राजनीतिक दल वीच आरोप प्रत्यारोपको स्थिती सिर्जना भएको छ ।
आफ्नो पहलमा धनकुटेली जनताका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामाग्री सूर्य बहादुर थापा प्रतिष्ठानको नाममा सुनिल वहादुर थापाले सहयोग गरेको भनि नेपाली कांग्रेस धनकुटाले आफ्नो पार्टीको नाम र चुनाव चिन्ह लगाएर लुकाई राखेको नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले आरोप लगाउनु भएको छ ।
उहाँले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो आरोप लगाउनु भएको हो । उहाँले यस्तो कार्यको आफु र आफ्नो पार्टीले घोर विरोध गर्ने उल्लेख गर्नुभएको छ । तर यता नेपाली काग्रेस धनकुटाले भने आफुले पार्टीको चिन्ह र नाम लगाई वितरण गरेको सामाग्री सूर्य वहादुर प्रतिष्ठान कै नाममा सूनिल वहादुर थापाले नै सहयोग गरेको दावी गरेको छ ।
पार्टीका जिल्ला सचिव जियय सन्ताषी राईले होटल प्यासिफिकमा राखिएको स्वास्थ्य सामाग्री सूनिल वहादुर थापाकै सहयोगमा प्राप्त भएको वताउनुभयो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको र प्रतिष्ठानको तर्फबाट कांग्रेसले वितरण गरिरहेको स्वास्थ्य सामाग्री छुट्टा छुट्टै भएकोले भ्रम नपर्न सचिव राई आग्रह पनि गर्नुभएको छ ।



