झुठा प्रचार गरी भ्रम छर्ने कार्यको धनकुटा कांग्रेसले कडा प्रतिवाद गर्ने

धनकुटा,८ भाद्र । नेपाली कांग्रेस धनकुटा र पार्टीका सह-महामन्त्री सुनिल वहादुर थापाको नाम जोडेर गलत ढंगले झुठा प्रचार गरी भ्रम सिर्जना गर्ने कार्य नेकपा एमाले धनकुटाबाट भएकोमा यसको कडा प्रतिवाद गर्ने नेपाली कांग्रेस धनकुटाले आज विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले आज प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काग्रेस धनकुटा र हाम्रो पार्टीका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापालाई समेत जोडेर झुटो आरोप लगाउदै नेकपा एमाले धनकुटाले विज्ञप्ती प्रकाशित गरेकोमा गंभिरध्यानर्कषण भएको जनाउदै त्यस भ्रम पूर्ण कार्यको कडा प्रतिवाद गर्ने उल्लेख गर्नु भएको छ ।

नेपाली कांग्रेस धनकुटा र नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री  थापाले सूर्य वहादुर थापा फाउण्डेशसन मार्फत धनकुटामा वितरण गर्न उहाका मित्रहरु सहयोगीहरु संग समन्वय गरी उहाहरुसंग स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु संकलन गरी धनकुटामा सवै वडाहरुमा वितरण गर्नका लागी धनकुटाको प्यासिफिक होटलमा राखेकोमा नेकपा एमाले धनकुटाले वास्तविक कुरा उल्लेख नगरी स्वास्थ्य तथा जन सख्या मन्त्रलायबाट समाग्री ल्याएर सूर्य वहादुर फाउण्डेशन र धनकुटा कांग्रेसको नामबाट बाड्न लागेको भनी झुठो आरोप लगाउदै विज्ञप्ती प्रकाशित गरी कपोकल्पित ढंगले प्रचार गरी भ्रम सिर्जना गरीरहेकोले यस कार्यको हामी तिव्र विरोध र निन्दा समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसका सहमहान्त्री तथा पूर्व मन्त्री  थापाले आफ्नै पहलमा र आफ्नै सहयोगी साथीहरु र सहयोगी संस्थाहरुबाट स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु अन्य महत्वपूर्ण स्वास्थ्य समाग्रीहरु लिएर सूर्य वहादुर फाउण्डेशन मार्फत विभिन्न संघ संस्थाहरु र वडा कार्य समितिहरु मार्फत धनकुटाका सवै वडाहरुमा कोरोनाबाट बच्नका लागी समाग्रीहरु वितरण गर्न लागीएको समेत विज्ञप्तीमा मार्फत सवैलाई जानकारी गराइएको छ ।

नेपाली कांग्रेस धनकुटा र नेपाली कांग्रेसका सहमहामन्त्री पूर्व मन्त्री  थापाको अनुरोध र पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट केही दिनमानै विशेषज्ञ डाक्टरहरु र कोरोना विरुद्धको खोप धनकुटा जिल्लामा र धनकुटा अस्पताल र धनकुटाका अन्य पालिकाहरुमा डाक्टरहरु र धनकुटा जिल्लाका स्वास्थ्य संस्थाहरुको लागी महत्वपूर्ण स्वास्थ्य तथा समाग्रीहरु आईपुग्ने समेत नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

गलत ढंगले तथ्यहिन झुठा आरोप लगाउदै जनतामा हाम्रो पार्टी नेपाली कांग्रेस र पार्टीका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापाको वारेमा गलत प्रचार गरी भ्रम सिर्जना गर्न खोजिएकोको घट्नाको हामी विरोध र निन्दा गर्दै अव आईन्दा यस प्रकारको कार्य नर्गन समेत हार्दिक आग्रह गर्दै पुन यस प्रकारको घट्ना दोह¥याए हामी कडा ढंगले प्रतिवाद गर्ने समेत नेपाली कांग्रेस धनकुटाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।