नेकपा माओवादी केन्द्र पाख्रीवास नगर कमिटीद्वारा ५४ सदस्यीय वाईसिएल नगर कमिटी गठन
धनकुटा,९ भदौ । नेकपा माओवादी केन्द्र पाख्रीवास नगर कमिटीले ५४ सदस्यीय वाईसिएल नगर कमिटी गठन गरेको छ ।

माओवादी केन्द्र पाख्रीवास नगर कमिटी अध्यक्ष मुक्ती बजगाईंको अध्यक्षता तथा जिल्ला संयोजक ऋषीराम ढुंगानाको प्रमुख आतिथ्यमा सञ्चालित नगर कमिटी बैठक तथा वाईसिएल युवा भेलाले प्रेम कटुवालको अध्यक्षतामा वाईसिएल नगर कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा यज्ञ बहादुर श्रेष्ठ,सचिवमा क्षितिज राई, सहसचिवमा पुष्कर विश्कर्मा र कोषाध्यक्षमा देवी राना मगर रहेका छन् । बैठकले पाख्रीवासका किसानहरुको हितका लागि कोल्ड स्टोर निर्मार्ण,सामुदायिक भवन निर्माण,कृषी कलेज खोलिटार जाने सडक निर्माण तथा नगरको १० वटै वडामा एक एक वटा विकस निर्माण कार्यका लागि नेपाल अर्थमन्त्रालय समक्ष माग गर्ने निर्णय गरेको नगर कमिटी अध्यक्ष बजगाईंले जानकारी दिनुभयो ।

बैठकमा वाईसिएल नेपाल फ्याक्शन ईञ्चार्ज,केन्द्रिय सदस्य,जिल्ला संयोजक,पार्टीका पाख्रीवास नगर ईञ्चार्ज लगायतको उपस्थिती थियो ।


