धनकुटामा पु:न थपियो निषेधाज्ञा, कहिले सम्म ?
विकास घिमिरे/धनकुटा,भदौ १० । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले भदौ १० गते सम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ ।
यस अघि आज राती १२ बजे सम्म लाई मात्र लागु गरिएको निषेधाज्ञा लाई थप गररे भदौ १७ गते राती १२ बजे सम्म लाई कायम गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले जानकारी दिनु भयो ।
निशेधाज्ञा भनिए पनि सबै प्रकारका पसल, अन्य व्यावसाय लाई स्वाथ्य मापदण्डको पालना गरि खोल्न दिएको छ । सबै खाले सार्वजनिक यतायतका साधन खोल्न दिएको छ ।
विद्यालय, हाटबजार, सिनेमाहल लगायतका भिडभाड हुने अन्य संघ संस्थाहरु भने बन्द गरिएका छन् । धनकुटामा चहल पहल बाक्लिदै गएको छ भने अझै ८९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।




