नेपाल रेडक्रस सोसाइटी धनकुटाद्वारा सिधुवा बजारमा माक्स वितरण

भाद्र १०,धनकुटा नेपाल रेडक्रस सोसाइटी धनकुटाले सिधुवा बजारमा माक्स वितरण गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाईरसबाट बच्न तथा संक्रमण न्यूनीकरण गर्न छथरजोरपाटी गाउँपालिकाको उपाध्यक्ष भिम कला श्रेष्ठको प्रमुख आतिथ्यमा सिधुवा बजारमा रेडक्रस धनकुटाले तपाईंको माक्स खै अभियान अन्तरगत बजारका स्थानीय तथा बजार भर्न आएकालाई माक्स र सचेतना मुलक पर्चा वितरण गरेको छ ।

माक्स तथा सचेतना मुलक पर्चा वितरण कार्यक्रममा छथरजोरपाटी गाउँपालपका वडा नं ६ वडा अध्यक्ष दिल बहादुर थापा ,सिदुवा बजार व्यवस्थापन समिति अध्यक्ष शिव श्रेष्ठ ,रेडक्रस धनकुटाका सदस्य धिरेन थिङ , मन्त्री छत्रकुमार श्रेष्ठ ,कोभिड फोकल पर्शन नगेन्द्र भण्डारी ,सिदुवा प्रहरी चौकिका ईन्चार्ज सहित प्रहरीहरु र रेडक्रस धनकुटाका कर्मचारीहरू विष्णु कृष्ण जोशी लगायतको सहभागिता थियो ।

सो अभियान अन्र्तगत जिल्लाको विभिन्न स्थानका बजार तथा भिडभाड हुने ठाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्दै १ हजार थान माक्स तथा पर्चा वितरण गरेको रेडक्रस धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।