छथरजोरपाटीको ४ नम्बर वडा कार्यालयमा म’दिरा सेवन ! के भन्छन् पक्ष विपक्ष

धनकुटा,११ भदौ । धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा नेकपा एमालेका जिल्ला सदस्य सहित महाकाली र तिलेश्वर माबिका एक एक जना शिक्षकलाई बिहिबार राती वडा अध्यक्षको कार्यकक्षमा म’दिरा सेवन गरी रहेको अबस्थामा स्थानिय युवाले कार्यकक्षमा थुनेको बताएका छन् ।

वडाध्यक्षको कार्यकक्षमा बसेर म’दिरा सेवन गरिरहेका नेकपा एमाले धनकुटा जिल्ला सदस्य भोजबहादुर विश्वकर्मासहित महाकाली विद्यालयका शिक्षक नरध्वज तामाग र तिलेश्वर माविका शिक्षक सोमबहादुर लिम्बु लाई स्थानीयले थुनेका हुन् ।

स्थानीय मेघराज खतिवडाकाअनुसार बिहीबार बेलुकी वडा कार्यालय भित्रबाट हल्ला आएपछि हेर्न जाँदा वडाध्यक्ष घिसिङको कार्यकक्षमा बसेर म’दिरा सेवन गरिरहेको अवस्थामा ४ जना फेला परेका थिए तर एमाले धनकुटाका जिल्ला कमिटी सदस्य हरि ओझा भने स्थानिय यूवा पुगे पछि भागेको स्थानियले बताएका छन् ।

स्थानीयले थुनेको तीन घण्टा पछि राति नै प्रहरीपुगे पछि उनिहरु लाई युवाले छाडेका थिए । यता वडा अध्यक्ष घिसिङले भने शिक्षक सहित नेताहरुले म’दिरा सेवन गरि कार्यलय पुगेको तर कार्यकक्षमा मदिरा खाएको वा बाहिर खाएर गएको प्रस्ट नभएको जनाए तर अफिस समय भन्दा बढी समय कार्यलयको कामले गर्दा वडा कार्यलय भने खुल्ला रहेको उनको भनाई थियो ।

यसै बिषयमा आज दिउँसो गाउँपालिकामा भएको छलफल बिना निष्कर्ष सकिएको जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।