धनकुटाको महालक्ष्मी १ मा गरियो सिंहदेवी स्कूलको भवन उद्घाटन

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका–१ चित्रेस्थित सिंहदेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा निर्मित दुई कोठे पक्की भवनको शुक्रबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो ।

प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सांसद पराजुलीले भवन निर्माणले पठन–पाठनमा सहजता मिल्ने बताए । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले पठन–पाठनमा थप सहजता प्रदान गर्न नगरपालिकाले भवन निर्माणमा सहयोग गरेका बताए । उनले शैक्षिक क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए ।

कार्यक्रममा महालक्ष्मी नगरका उप–प्रमुख मञ्जु अधिकारी, शिक्षा समन्वय इकाइका प्रमुख मोहन राई लगायतले शैक्षिक क्षेत्रको विकासले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।

महालक्ष्मी नगर प्रमुख नेपालले २०७६ जेठ १९ गते सो विद्यालय भवनको शिलन्यास गरेका थिए ।
महालक्ष्मी नगरको १६ लाख आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो । सो विद्यालयमा ७४ जना विद्यार्थी अध्ययनरत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।