पाख्रीबासमा एस्टाजेनेका र भेरोसेलको दोस्रो मात्राको खोप लगाइने
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा कोभिसिल्ड र भेरो सेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका नगरबासीलाई सुखद् खबर छ । दुवै खोपको दोस्रो मात्रा लगाउने निश्चित भएको छ ।
कोभिसिल्डको पहिलो खोप लगाएकाहरुलाई दोस्रो मात्रा लगाउने तालिका हिजो सार्वजनिक गरेको छ । यस्तै, भेरो सेलको दोस्रो मात्रा लगाउने तालिका पनि सार्वजनिक गरेको छ ।
गत फागुन २३,२४ र २५ मा कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई एस्टाजेनेका खोपको दोस्रो मात्रा लगाउनु पर्ने साथै यस नपामा प्राप्त खोपको उपलब्धताको आधारमा पहिलो मात्राको एस्टाजेनेका खोप १८ बर्ष माथिका कक्षा १२ का परिक्षार्थीहरु(प्रबेश पत्रको आधारमा) र ६५ बर्ष माथिका छुटेकालाई भदौ १३ र १४ मा आ-आफ्नो वडाको साविक खोप केन्द्रहरुमा खोप दिइनेछ ।
त्यसैगरि गत साउन १४ र १५ गते भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भदौ १५ र १६ गते दोस्रो मात्राको खोप दिइने नपाद्वारा जारी सुचनामा जनाइएको छ ।
खोप लाउनु आउंदा अनिवार्य रुपमा मास्क लगाउन र पहिलो मात्राको खोप लगाइसकेकाहरुका लागि खोप कार्ड र परिचय खुल्ने कागजात ल्याउनको लागि पनि सुचनामा जानकारी गराइएको छ ।
कोभिसिल्डको दोस्रो मात्रा भदौ १३ र १४ गते लगाइनेछ ।



