स्वास्थ्य सामाग्रीलाई लिएर एमाले धनकुटाले अर्नगल प्रचार गरिरहेको प्रति नेपाली कांग्रेस धनकुटाको आफ्नो गम्भिर ध्यानाकर्षण

भाद्र १३,धनकुटा । धनकुटेली जनतालाई लक्षित गरि ल्याईएको स्वास्थ्य सामाग्रीलाई लिएर नेकपा एमाले धनकुटाले यर्थाथ कुरालाई बंग्याउदै तथ्यहीन ढंगले आरोप लगाई अर्नगल प्रचार गरिरहेको प्रति नेपाली कांग्रेस धनकुटाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आज धनकुटामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले स्वास्थ्य सामाग्रीको विषयलाई लिएर एमाले तथ्यहीन आरोप लगाएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

पत्रकार सम्मेलनको क्रममा प्राप्त प्रेस विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट माग गरि ल्याएको सामाग्री धनकुटावासीलाई कोरोनाबाट बचाउन कोरोना विरुद्धको खोप र विभिन्न स्वास्थ्य सामाग्री कांग्रेस सह-महामन्त्री तथा पूर्वमन्त्री सुनिल बहादुर थापा मार्फत धनकुटामा ल्याएर धनकुटा अस्पताल र जिल्लाका सबै स्वाथ्य संस्थाहरुमा वितरण गरिसकेको आरोपित पक्ष र जिल्लावासीलाई नेपाली कांग्रेस धनकुटाले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।

पार्टीका सह-महामन्त्री थापाको सक्रिय पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उपलब्ध ती स्वास्थ्य सामाग्री काढमाण्डौबाट मन्त्री थापा कै व्यक्तिगत ढुवानी खर्चले ल्याएर जिल्ला अस्पताल र स्वास्थ्य संस्थाहरुलाई वितरण गरिसकिएको नेपाली कांग्रेस जिल्ला सभापति अग्नि प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै कांग्रेसले सञ्चालन गरेको कोरोना विरुद्धको अभियानका लागि नेपाली कांग्रेस धनकुटाको अनुरोधमा मन्त्री थापाले सूर्य बहादुर थापा फाउण्डेशन मार्फत काठमाण्डौमा उहाँका सहयोगी साथिहरुबाट संकलन गरेर ल्याई प्यासिफिक होटलमा राखिएको स्वास्थ्य सामाग्रीको विषयलाई लिएर तथ्य र यर्थाथ कुरालाई बंग्याई अतिरञ्जित ढंगले कपोकल्पित किसिमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ल्याएको भनि झुटो प्रचार गरि भ्रम सिर्जना गर्दै नेपाली कांग्रेस धनकुटा र पार्टीका सह-महामन्त्री थापाको बदनाम गर्ने कोशिस गरिरहेको प्रति घोर आपति जनाउदै खेद व्यक्त गर्दछौ विज्ञप्तिमा उल्लेख छ ।

यो विषयमा तथ्यहीन तरिकाले लगाएको अरोप र बदनामको घोर निन्दा र विरोध गर्दै आईन्दा यस्तो कार्य नगर्न समेत विज्ञप्ति मार्फत कांग्रेस धनकुटाले एमालेलाई सचेत गराएको छ  साथै नेपाली कांग्रेस धनकुटाको अनुरोधमा सूर्यबहादर थापा फाउण्डेशन मार्फत सूनिल बहादुर थापाको सहयोग र सक्रियतामा प्राप्त ती स्वास्थ्य सामाग्री चाडै वितरण गरिने पनि विज्ञप्तिमा भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।