लाइसेन्सको ट्रायल परिक्षा खुल्यो
काठमाडौँ – बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ।
आज सूचना निकालेर कार्यालयले वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारदेखि सञ्चालन गर्न लागेको हो।
प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुने सम्पूर्ण परीक्षाहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।
साथै, वर्ग थपको लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई समेत सेवा लिन आउन कार्यालयले अनुरोध गरेको छ।
कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि गरिएको निशेषधाज्ञाका कारण बन्द भएको परिक्षा सुचारु गर्न सीसीएमसीले अनुमति दिएपछि २० गगतेबाट सुचारु गर्न लागिएको हो ।
विभागले निषेधाज्ञा खुलीसकेकाले स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा लिन तयार भएको जानकारी गराएपछि सीसीएमसीले ससर्तसहित अनुमति दिएको थियो ।


