एनआरएनएमा आर्थिक अनुशासन कडाईका साथ लागु हुन्छ : महेश श्रेष्ठ, एनआरएनए उपाध्यक्ष पदका प्रत्यासी

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले संघले नाफाभन्दा पनि विगतमा भएका घाटालाई अहिले पूर्ति गरिरहेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६३औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै कोषाध्यक्ष श्रेष्ठले विगतदेखि आजसम्म भएको घाटा मध्ये ११ करोड रुपैयाँको पूर्तिमा संघ लागिरहेको बताउनु भयो ।

उहाँ एनआरएनए १० औं महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी पनि हुनुहुन्छ । उहाँ जापानमा बसोबास गर्दै आउनु भएको छ ।

संघको हालको आमदानीबारे उहाँ भन्नुहुन्छ, ‘असार मसान्तसम्म गरेर अहिले हाम्रो खातामा फिक्स डिपोजिट लगभग ५ करोड जति रहेको छ । र, सबै देशहबाट सदस्यत शुल्क ५ डलरको हिसाबले आउनेक्रममा छ ।’

उहाँले अगाडि भन्नुभयो, ‘यो अधिवेशनसम्म हामीले ९, १० करोड जति आम्दानी गर्छौं ।’

२००३ देखि आजसम्म आउँदा आर्थिक पक्ष अलि व्यवस्थित भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
हामीले विभिन्न प्रोजेक्ट र सचिवालय खर्चलगाएतका सबै खर्चको डिडिए गर्यौं र त्यसबाट हाम्रो खर्चबारे पूर्ण विवरण पायौं र त्यही अनुसार काम गर्यौं, कोषाध्यक्ष श्रेष्ठले भन्नुहुन्छ, ‘यसरी नै हाम्रो संस्थाको आर्थिक पक्ष पारदर्शिता भएको छ । साथै खर्च पनि व्यवस्थित भएको छ ।’

यस्तै, चुनावमा मतदान दिँदा मतदाताले आधार खोज्ने भएकाले एनआरएनए निर्वाचनमा राजनीतिकको प्रभाव पर्न सक्ने आंकलन उहाँको छ ।

यसैगरि, संघको आर्थिक पक्षलाई अझैं व्यवस्थित गर्न र आर्थिक अनुशासन पालना गर्न आफूहरु सचेत रहेको पनि उहाँले बताउनु भयो । साथै आफ्नै कार्यकालमा संघमा हुने धेरै अनावश्यक खर्चलाई पनि कटौति गरेको उहाँको भनाइ छ ।

अनलाइनमार्फत सम्पन्न भएको उक्त कार्यक्रममा श्रेष्ठको प्रमुख आतिथ्य र पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।