लण्डनमा नेपालीको गुम्बा

लण्डन, १४ भदौ । लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल एक हजार ६६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताउनुभयो । कूल दुई लाख ८३ हजार ५०० पाउण्डमा खरिद गरिएको उक्त गुम्बाको भवनका लागि संस्थाले उठाएको रकममा थप अपुग भए पनि केही ऋण लिएर पूरा गरिएको बुद्धिष्ट सेन्टरले जनाएको छ ।

सन् २०१६ मा स्थापना गरेको यो संस्थामा स्थापना गर्दा केवल २१ जनाबाट गरिएको थियो तर हाल यस संस्थामा ४५१ जना आजीवन सदस्य र १४१ जना ट्रष्टी आबद्ध रहेको र उहाँहरूकै सामूहिक पहलमा यो काम सफल भएको अध्यक्ष गुरुङले बताउनुभयो ।

गुम्बाको भवन भए पनि अझ गुम्बाका लागि लामा राख्ने र त्यसको व्यवस्थापन गर्न थुप्रै काम गर्न बाँकी रहेको अध्यक्ष गुरुङले बताउनुभयो । गुम्बाका लागि थप सामग्री र केही मूर्ति दाताबाट प्राप्त हुने बताइएको छ ।

गुम्बा खरिदका लागि रकम सङ्कलन गर्न संयोजकका रूपमा उपाध्यक्ष श्रीमती मीना गुरुङलाई तोकिएको र उहाँले थप सदस्य राखेर घरदैलो गरेर रकम सङ्कलन गर्न ठूलो भूमिका निर्वाह गर्नुभएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।

देश विदेशमा रहेका ११० वटा गुम्बाको छाता सङ्गठनका रूपमा रहेको बौद्ध नेपाल तमु बौद्ध सङ्गठनबाट लामाको व्यवस्था भई सकेको र जसका लागि सन् २०१८ मै एफओयू गरेको र यसभित्र १७ आचार्य, चार जनाले बुद्ध धर्मकै विषयमा विद्यावारिधि गरेको अध्यक्ष गुरुङले बताउनुभयो । प्रत्येक वर्ष बुद्धजयन्तीको अवसरमा लण्डनको लउइचदेखि प्लमस्डीडसम्म पदयात्रा गर्दै आइरहेको सेन्टरले जनाएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।