ह’तियार सहित दुई जना पक्राउ
मोरङ,भदौ १६ । मोरङ कानेपोखरी-६ स्थित शिवालय चोकका ३० बर्षीय रुद्र बहादुर क्षेत्री ह तियार सहित पक्राउ परेका छन ।
क्षेत्रीको घरमा हतियार लुकाई राखेको छ भन्ने बिशेष सुराकका आधारमा हिजो राती सँवा ११ बजे खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्ने क्रममा १ थान पे स्तोल र ४ राउण्ड गो ली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका क्षेत्री उपर थप अनुसन्धान गर्ने क्रममा अर्का सोही स्थानका ४० बर्षीय पूर्ण बहादुर बोहरा समेतलाई पक्राउ गरी उनिहरु उपर ईलाका प्रहरी कार्यालय पथरीबाट हातहतियार मुद्धामा कानुनी कारबाही अगाडी बढाईएको छ ।


