उदयपुरमा च’ट्याङ लागेर किशोरको मृ त्यु
काठमाडौँ – उदयपुरमा च’ट्याङ लागेर एक किशोरको मृ त्यु भएको छ।
गए राति वर्षासँगै परेको च’ट्याङ लागेर त्रियुगा नगरपालिका–८ देउरीका १५ वर्षीय निशान चौधरीको मृ त्यु भएको हो।
घरमा नै च’ट्याङ्ग लागेर ग’म्भीर घा’इते भएका किशोरको उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।


