मोटरसाईकलको ठ’क्करबाट पैदल यात्रीको मृ’त्यु
ओखलढुंगा, भदौ १७ । ओखलढुङगा मानेभन्याङ गाऊपालिका ५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा मोटरसाईकलको ठ क्करबाट एक जना पैदल यात्रीको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर रहेकी छन् ।
हिजो बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाईकलको ठक्करबाट ग म्भिर घा ईते भएकी उनको मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा बेलुका सँवा ७ बजे मृ त्यु भएको हो ।
मोटरसाईकल र चालक सोही स्थानका २१ बर्षीय रेवत बहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


