बाँदर आतंकले रित्तिँदै गाउँ

प्रकाश पाक्साँवा/ तेह्रथुम, छथर गाउँपालिकाका स्थानीयहरू बाँदरको समस्यालाई बसाइँ सर्न थालेका छन् । सुरुमा सुविधा खोज्दै स्थानीयहरु बसाइँ सर्न थालेपछि बाँदरले बालीनालीसमेत नष्ट गर्न थालेपछि बसाइँ सर्नेको संख्या बढ्न थालेको हो । समयसँगै मानवबस्ती पातलिँदै जाँदा बाँदरको आतंक बढ्न थालेपछि स्थानीयहरू बसाइँ सर्ने क्रम बढेको छथर २ का भीमबहादुर थापाले बताए ।

तमोर नदीसँगै जोडिएका बस्तीहरुमा बाँदरले अन्नबाली सखाप पार्न थालेको वर्षाैं भइसक्दा पनि समस्याको समाधानको निम्ति स्थानीय सरकारलेसमेत ध्यान नदिएको थापा गुनासो गर्छन् । मेहेनत परिश्रम गरी उब्जाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि परिवार चलाउन नै मुस्किल परेपछि स्थानीयहरू बसाइँ सर्न थालेका हुन् । बाँदरसहित अन्य जंगली जनावरले पनि दुःख दिने गरेको स्थानीय शेरबहादुर कार्की बताउँछन् ।

बांदरले घरभित्र छिरेर मकै, कोदो, आलु, जस्ता अन्नपातहरुसमेत नस्ट गर्न थालेको उनको भनाइ छ । ‘जंगली जनावरका कारण सबै जमिन बाँझो भइसक्यो, लगाएको बाली पनि सखाप भयो, अब बसाइँ सर्ने तयारीमा छु’, थापाले न्युज कारखानासँग भने ।

घरभित्र छिरेर अन्नपात, पकाएको खाना र भाडासमेत बोक्न थालेपछि गाउँभरी नै बाँदरको आतंक बढेको कर्णबहादुर लिम्बुले बताए । गतबर्ष मात्रै दर्जन बढी यहाँका स्थानीय बसाइँ गएका छन् । अझै बसाइँ सर्नेक्रम नरोकिएको स्थानीय बताउँछन् ।

गत वर्ष वासुुदेव भट्टराई, राजन भट्टराई, भीम थापा, भक्तबहादुुर कार्कीलगायत धेरै परिवार बसाइँ सरे । १० परिवार बसाइँ सर्ने तयारीमा छन् । छथर गाउँपालिकाको सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, हमरजुंग, र आङदिममा बाँदर आतंक रहेको छ ।

किसानहरुको समस्यालाई समाधानको निम्ति छथर गाउँपालिकाले बाँदर नियन्त्रण गर्नका लागि आवाजजन्य सामाग्री परीक्षण गर्ने तयारी भइरहेको अध्यक्ष सन्तवीर लिम्बुले बताए ।- न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।