पिकअपको ठ’क्करबाट बालकको मृ त्यु
झापा, भदौ १८ । झापा कमल गाऊपालिका ५ आदीबासी रङशाला अगाडी पुर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा सर्लाही भक्तिपुर गाऊपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् ।
आज दिउसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३-००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमानै मृ त्यु भएको हो ।
पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ बर्षीय अजय पाख्रिन ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।


