धनकुटा पाख्रिवासमा कांग्रेस भेला सम्पन्न

धनकुटा । धनकुटा जिल्लाको पाख्रिवासमा नेपाली कांग्रेसको भेलाले नेपाली कांग्रेसलाई नया ढंगबाट संगठन विस्तार गरी सुढृीकरण गर्ने निर्णय गरेको छ ।

उक्त भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले मुलुकको विकास र समृद्धी कांग्रेसले मात्र गर्ने सक्ने वताउनु भयो । आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले नपाली कांग्रेसको अवको महाधिवेशनले नेपाली कांग्रेसलाई बिलयो बनाउने वताउनु भयो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेले,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुग,जयन्द्र घिसिङ्ग ,क्षेत्रिय सभापती इन्दिरा थापा , नगर सचिव चन्द्र वस्नेत,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला,नेपाली कांग्रेस धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापती भीम थापा लगायतले कांग्रेसका महाधिवेशन सफल बनाउदै कांग्रेसलाई नया ढंगबाट संचालन गर्नु पर्ने वताउनु भयो ।

नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारीको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटा जिल्लाका क्षेत्रका,नगरपालिकाका पदाधिकारीहरु, सदस्यहरु,वडाका सभापतीहरु,सचिवहरु र महाधिवेशन सम्पन्न गर्न वडाहरुमा खटिनु भएका मतदान अधिकृतहरुको सहभागीता रहेको थियो ।

सहभागीहरुलाई कांग्रेसको महाधिवेशन र निर्वाचन सम्वन्धि सहजकीरण नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖