हलेसीको गुफामा खस्ने चट्टानका टुक्रा र रुख हटाइए

खोटाङ, १९ भदौ । नेपाली सेनाले खोटाङको त्रि–धार्मिकस्थल हलेसीको गुफाभन्दा माथि रहेका रुख तथा चोइटिएर अड्किएका चट्टानका टुक्रा हटाएको छ ।

गोरखनाथ गण मुढे ब्यारेक दिक्तेलका गणपति प्रमुख सेनानी नरोत्तम पौडेलसहितको सेनाको टोलीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महादेव गुफा र बसाहा गुफाभन्दा माथि रहेका बोटबिरुवा, त्यसका जरा र गुफाको पहरामा चोइटिएर अड्केर रहेका चट्टान हटाएको हो ।

दुई गुफाभन्दा माथि रहेका रुख र पहरा चर्किएर चोइटिएका चट्टानका स–साना टुक्रा हटाउन नगरपालिका तथा हलेसी मन्दिर व्यवस्थापन समितिले अनुरोध गरेपछि सेनाले हलेसी गुफाको भित्तामा रहेका जोखिमयुक्त वस्तु हटाएको जनाएको छ ।

बसाहा गुफा र महादेव गुफाको माथि रहेका बोटविरुवाको जरा बढ्दै जाँदा गुफाको भित्तामा रहेका चट्टान चोइटिएर गुफाभित्र खस्न थालेकाले मन्दिरमा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनलाई लाग्ने र जुनसुकै समयमा मानवीय क्षति पुग्ने सम्भावना रहेकाले गुफाभन्दा माथि रहेका जराहरु र चोइटिएर अड्केका चट्टानका टुक्रा हटाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिए।

पहराको कापमा उम्रिएका रुखको जरा बढ्दै जाँदा र चट्टान फाट्दै जाँदा हलेसी गुफामा बेला–बेलामा चोइटिएको चट्टानको टुक्रा खस्ने गरेको छ । -न्यूज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।