सप्तकोसीको कटानले चार हजार परिवार उच्च जोखिममा, निरीक्षण गरेर फर्किए गृहमन्त्री

ईश्वर तामाङ/ उदयपुर, २० भदौ । उदयपुर र सुनसरी भएर बग्ने सप्तकोसी नदीले १० दिन अघि धार परिर्वतन गरेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन् । बाढीले बेलका नगरपालिका-८ लाहुरे खोँचमा कटान गरेको हो ।

कटानले बेलका- २, ३, ८ र ९ र बराहक्षेत्र नगरपालिका-६ सहितका सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबिसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष क्षेत्रका घरपरिवार उच्च जोखिममा परेका हुन् ।

सप्तकोसीले ६ सय मिटर कटान गरिसकेको छ, भने दुई सय मिटर कटान गर्न बाँकी छ । दुई सय मिटर कटान भएमा बाढी बस्तीमा पस्न सक्ने बेलकाका मेयर दुर्गाकुमार थापाले बताए ।

कटानले बराहक्षेत्र-६ चिलिया टप्पुमा रहेको बाल सेवा, जनता र कौशिका आधारभूत विद्यालय तथा बेलका-३ मा रहेका सरस्वती आधारभूत विद्यालयसहित दुई वटा स्वास्थ्य संस्था विस्थापित भइसकेका छन् ।

सप्तकोसीले पश्चिमतर्फ कटान तीव्र पारेपछि त्रास बढेको स्थानीय गिरिराज विश्वकर्माले बताए । चतरादेखि ब्यारेजसम्म सप्तकोसीको दुबै किनारामा भारतले तटबन्ध निर्माण गर्ने सम्झौता छ । तर, सम्झौता अनुसार भारतले नदीका दुबैतर्फ तटबन्ध नबनाउँदा कटान बढेको स्थानीयको भनाइ छ ।

नदी कटान हेरेर फर्के गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाँणले शनिबार उदयपुर पुगेर नदी कटानको अवस्था बुझेका छन् ।

गृहमन्त्री खाँण पूर्वमन्त्रीद्वय शेरबहादुर तामाङ, मोहनबहादुर बस्नेत तथा गृहसचिव टेकनारायण पाण्डेसहितको टोली लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत उदयपुर पुगेका थिए ।

सो क्रममा उनले सनसुरी, सप्तरी र उदयपुरका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र स्थानीयसँग छलफल गरेका थिए । खाँणले कटान र डुबान रोक्न तत्काल उचित कदम चाल्न मातहतका निकायलाई निर्देशन दिए ।

मन्त्री खाँणसँग स्थानीयले वर्षेनि आउने बाढीबाट बच्न दीर्घकालीन तटबन्ध बाँध्नुपर्ने माग गरेका थिए । मन्त्री खाँणले बस्तीको हवाइ निरीक्षण पनि गरेका थिए । बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले गृहमन्त्री समक्ष ज्ञापन पत्र समेत बुझाएका थिए । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।