संखुवासभामा ट्रक दु’र्घटना ! धनकुटाको महालक्ष्मी नगरपालिका-६ का चालकको मृ त्यु, १० घा’इते
संखुवासभा, २० भदौ । संखुवासभाको चिचिला गाउँपालिका-१ मा ट्रक दु र्घटना हुँदा चालकको मृ त्यु भएको छ । १० जना घा इते भएका छन् ।
मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा तकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ८०८३ नम्बरको मिनी ट्रक शनिबार राति चिचिला-१ पात्लेमा दु र्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
उनका अनुसार दु र्घटनामा चालक धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृ त्यु भएकाे छ । पाण्डेको शव ट्रकले कि चेकाे अवस्थामा फेला परेकाे थियाे। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइदैछ ।
अरुण तेस्रोको ड्याम साइडमा तकारी पु¥याएर फर्कदै गर्दा मिनि ट्रक दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा घाइते १० मध्ये तीन जनाको अवस्था ग म्भीर छ । ग म्भीर घा इते खाँदबारी नगरपालिका-७ का २९ वर्षीय बब्लु मगर, भारतकाे आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
घा इते १० मध्ये आठ जना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन् । दु र्घटनामा भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार घा इते भएका छन् । खाँदबारी नगरपालिका-८ पिप्लेका १८ वर्षीय सविन विक पनि घा इते भएका छन् । घा इते मध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् ।-न्युज कारखाना


