भालु खोलाले बगाउँदा १३ वर्षीया राईकाे मृ त्यु

उदयपुर, २० भदौ । उदयपुरको त्रियुगा नगरपालिका– ७ स्थित भालु खोलामा आएको बाढीले अटोसहित बगाउँदा १३ वर्षीया बालिकाकाे मृ त्यु भएकाे छ ।

आइतवार बिहान फसेको अटो निकाल्न गएकी यमकुमार राईको १३ वर्षीया छोरी यसिका राईकाे भालु खोलामा एक्कासि आएको बाढीले बगाउँदा मृ त्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

भालु खोलामा फसेको आफ्नो प्र. १–०५–००१ ह ०१२७ नम्बरको अटो निकाल्न परिवारसहित गएकी बालिका र अटोलाई माथिबाट एक्कासि आएको बाढीले बगाएको हो ।

बाढीले बगाएको अटोसहित बालिकाको शव फेला परिसकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरासहितको टोलीले खोज तलास गर्ने क्रममा बालिकाको शव घटनास्थलबाट आठ किलोमिटर तल दक्षिण त्रियुगा नगरपालिका– ९ त्रियुगा खोलामा फेला पारेको छ । यस्तै अटो पनि पाँच सय मिटर तल फेला परेको छ । -न्यूज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।