संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको ह त्या

संखुवासभा, २१ भदौ । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको ह त्या भएको छ ।

सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धा रिलो ह तियार प्रयोग गरी ह त्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए ।

मंगलबार विहान छिमेकीले सबैलाई मृ त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहको धा रिलो ह तियार प्र हारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृ त अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए ।

घटनाको थप विवरण आइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीको टोली घटनास्थल मादीतर्फ लागेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।