संखुवासभा ह त्याका ण्ड : ६ जनाको श’व धरान लगियो

संखुवासभा, २२ भदौ । संखुवासभामा एकै परिवारका ६ जनाको ह त्या घटना अनुसन्धान गर्न प्रहरीले जिल्लाका नाका सिल गरेको छ ।

धरानबाट गएको एसपीसहितको टोलीले जिल्ला नाका सिल गरेर ह त्यामा संलग्न भएकालाई खोजीकार्य तीव्र पारेको छ । तालिम प्राप्त कुकुरसहितको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म केही रहस्य नखुलेको प्रहरीले जनाएको छ ।

सो घटनाको अनुसन्धानका लागि डीएसपी लालध्वज सुवेदी घटनास्थलमै रहने भएका छन् ।

ह त्या गरिएको २४ घन्टापछि मंगलबार बिहानदेखि अनुसन्धान सुरु भएको छ । प्रहरीले ६ वटै शव पो स्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगेको छ । संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहालको टोली शव लिएर फर्केको हो ।

सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको श व फेला परेको थियो । उनका ८५ वर्षीय बाबु बौद्धमान कार्की भने सकुशल छन् ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।