छथर तिज गितमा प्रगतिशिल महिला समुह प्रथम

नारायण कुमार राई/धनकुटा २२,भदौ । हरितालिका तिजको अबसरमा छथर जोरपाटी गाउँपालिकामा आयोजित गायन प्रतियोगिता तथा खुला नृत्य प्रतियोगितामा गायन तर्फ वडा नं.५ को प्रगतिशिल महिला समुह र खुला नृत्य प्रतियोगिता तर्फ वडा नं.२ की उमादेवी थापाले प्रथम पुरस्कार जित्नुभएको छ ।

पलिकाको महिला तथा बालबालिका शाखाले आयोजना तथा पालिका सदस्य टिमला श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गयन प्रतियोगिता तर्फ पालिकाका बिभिन्न ८ समुहलाई पछि पार्दै प्रगतिशिल समुह प्रथम भएको हो ।

समुहका तर्फबाट सहभागि हुनुभएका रेवत कुमारी लिम्बू,नर्वदा काफ्ले,लिला थापालाई पालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी शेरबहादुर लिम्बूले नगद रु १० हजार र कदर पत्र दिएर सम्मान गर्नुभएको थियो ।

त्यस्तै दृतिय स्थान बिजेता वडा नं.२ को जोरपाटी महिला समुहलाई पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले नगद रु ७ हजार सहित कदर पत्र समुहका सदस्यहरुलाई प्रदान गर्नु भएको थियो ।
त्ृतिय पुरस्कार बिजेता वडा नं. ६ को एकल महिला समुहले नगद रु ५ हजार र कदर पत्र पाएको छ भने सान्तत्वना पुरस्कार बिजेता तांखुवा स्वास्थ्य चौकीका महिला स्वयंसेवीकाको समुहले नगद रु ३ हजार र कदर पत्र पाएको छ ।

त्यस्तै २१ जना सहभागी खुला नृत्य प्रतियोगितामा प्रथम हुनुहुने थापाले नगद रु ३ हजार,दृतिय टीका भट्टराईले रु २ हजार,तृतिय ललिता राईले रु १ हजार ५ सय र सान्तत्वना राधिका ओझाले नगद रु १ हजार र प्रमाण पत्र पाउनुभएको छ ।

प्रतियोगिताको निर्णय मण्डलमा खगेन्द्र तामाङ्ग,निर्मला सुबेदी,दुर्गा राना र शुशिला कार्कीको रहनुभएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।