महालक्ष्मी नगरमा तीज विशेष कार्यक्रम, महिलाहरुलाई खुवाइयो तीजको दर

धनकुटा, २२ भदौ । धनकुटाको महालक्ष्मी नगरपालिकाले तीजको अवसरमा महिलाहरुलाई दर खुवाएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा तीज विशेष कार्यक्रम गरेर नाचगानसहित महिलाहरुलाई तीजको दर खुवाइएको हो ।

तीजमा माइत जान नपाउँने महिलाहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रम गरेर तीजको दर खुवाइएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए । सो अवसरमा प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, महालक्ष्मी नगरका मेयर नेपाल, उप–मेयर मञ्जु अधिकारी लगायतले मन्तव्यमार्फत महिलाहरुलाई तीजको शुभकामना दिए ।

कार्यक्रममा वडा स्तरीय नृत्य प्रतियोगिता पनि गरिएको छ । प्रतियोगितामा वडा नम्बर ५ प्रथम, वडा नम्बर ९ दोस्रो र वडा नम्बर ३ तेस्रो बनेको मेयर नेपालका सचिवालय प्रमुख विष्णु दाहालले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले तीज गीतमा नृत्य गरी कार्यक्रमको रौनकता बढाएका थिए । कार्यक्रमका अतिथिहरुले पनि तीज गीतमा नाचेका थिए ।

आगामी बिहिबार हरितालिका तीज पर्व परेको छ । तीज आउनु अघिदेखि नै विभिन्न कार्यक्रम गरेर महिलाहरुले तीज पर्व मनाउँदै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।