लिफ्ट माग्दै चालकलाई नै ढुंगाले हानेर १४ लाख लुट्ने पक्राउ

उदयपुर, २३ भदौ । लिफ्ट मागी गाडीमा चढेर चालकलाई कु’टेर बे’होस बनाई लु’टपाट गर्ने पक्राउ परेका छन् । ओखलढुंगाको चिसम्खुगढी गाउँपालिका–३ का रमेशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडकको बर्मी जंगलमा पिसाब गर्न बाहिर निस्किएका चालक प्रकाश श्रेष्ठलाई रमेशले पछाडिबाट ढुंगाले हानेर गाडीमा रहेको १४ लाख रुपैयाँ लिएर हिँडेका थिए । उनलाई प्रहरीले १३ लाख ७७ हजार आठ सय ९५ रुपैयाँ र मोबाइल सेटसहित दुई घन्टाभित्रै पक्राउ गरेको थियो ।

प्रदेश नं २-०१-००१ च ०३६९ नम्बरको जिप ओखलढुंगा खाद्यान्न पु-याएर काटारीतर्फ आउँदै गर्दा रमेशले आफू पनि व्यापारी भएको र सामान लिन कटारी जाने भनेपछि प्रकाशले गाडीमा लिफ्ट दिएका थिए ।

बर्मी जंगलमा पिसाब गर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडिबाट ढुंगाले गर्धनमा हानी बेहोस बनाई उनको साथमा रहेको रकम र मोबाइल लुटपाट गरी फरार भएको इलाका प्रहरी कार्यालय कटारील जनाएो छ । केही समयपछि होसमा आई प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ गबुवा जंगलबाट बेलुका ७ बजे रमेशलाई पक्राउ गरेको हो ।-न्यूज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖