संघिय सॉंसद राईद्वारा स्वास्थ्य केन्द्र र महिला भवनको उद्घाटन
नारायण कुमार राई/धनकुटा,२३ धनकुटा । छथरजोरपाटी गाउँपालिकाको वडा नं.५ परेवादिनमा आधारभूत स्वास्थ्य केन्द्र र महिला भवन उत्घाटन गरिएको छ ।

उक्त भवनहरु वडा अध्यक्ष सुरेन्द्र कुमार राईको अध्यक्षतामा एक उत्घाटन कार्यक्रमको आयोजना गरी संघिय सांसद राजेन्द्र कुमार राईले बुधबार उद्घाटन गर्नुभएको छ ।
नवनिर्मित ३ कोठे १ तले पक्की स्वास्थ्य भवन नेपाल सरकारको २५ लाख ९२ हजार ७ सय ३८ रुपैया शसर्त अनुदानमा निर्माण भएको हो ।

त्यस्तै महिला भवन छथर जोरपाटी गाउँलालिकाको १८ लाख ५६ हजार र २ लाख ६ हजार २ सय २२ रुपैया जनश्रमदान गरी कुल २० लाख ६२ हजार २ सय २२ रुपैंयाको लागतमानिर्माण भएको हो ।
भवन उद्घाटन कार्यक्रममा विभिन्न संस्थाका तर्फबाट लोकेन्द्र चापागाई,कार्यपालिका सदस्य दाकीमु शेर्पा,बिभिन्न राजनैतिक दलका तर्फबाट नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटी अध्यक्ष ईन्द्र सारु मगर,जिल्ला समन्वय समितिका सदस्य शिब आङ्ला लिम्बू,पालिका अध्यक्ष शेरबहादुर लिम्बूले वडाबासीलाई शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा महिला आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनका लागि जमिन दान गर्नुहुने ढकल सिंह लिम्बू र महिला भवन निर्माणका लागि जग्गा दान गर्नु हुने ईन्द्रमायां तामाङ्गलाई सम्मान गरिएको थियो ।



