गोर्खाको माग सम्बोधन गर्न प्रारम्भिक बैठक सम्पन्न

लन्डन, २४ भदौ । भूपू गोर्खाहरूले राख्दै आएको समान पेन्सनलगायत माग सम्बोधनका लागि बेलायत सरकारको सक्रियतामा बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ ।

लण्डनस्थिति नेपाली दूताबासमा संयुक्त अधिराज्यका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनबीचको बैठक सम्पन्न भएको हो ।

बैठकमा भूपू गोर्खाको माग सम्बोधनका लागि विगतमा भएको सहमति अनुरूप भूपू गोर्खाका प्रतिनिधि सम्मिलित नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच डिसेम्बर महिनादेखि शुरू हुने वार्ताको लागि समिति गठन, वार्ता समितिका शर्त एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

बैठकमा भूपू गोर्खा संगठनका तर्फबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसोका सभापति कृष्णकुमार राई, बिजीडब्लीएसका अध्यक्ष टिकेन्द्र दल देवान, नेसाका अध्यक्ष केशबहादुर गुरूङ, गोर्खा पेन्सन इन्जस्टिक ग्रुपका अध्यक्ष उदयबहादुर गुरूङ, युबिजीनका अध्यक्ष राम राई, आमरण अनशनमा बस्नुभएका गोर्खा सत्याग्रहका तीन जना प्रतिनिधि ज्ञानराज राई, पुष्पा राणा घले र धनबहादुर गुरुङ, गोर्खा सत्याग्रहका प्रवक्ता जुद्धबहादुर गुरुङ एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल तथा सैनिक सहचारी रत्न बहादुर गोदारको उपस्थिति थियो ।

गत महिना गोर्खा सत्याग्रह संघर्ष समितिको पहलमा भएको आमरण अनसन तोड्दा बेलायत सरकारले गोर्खाहरुको मागका सम्बन्धमा नेपाल सरकार र गोर्खासमेतसँग वार्ता गर्ने प्रतिबद्धता गरेको थियो । डिसेम्बर महिनाभित्रै दुई देशबीचको वार्ता गर्ने र त्यसको तयारीस्वरुप सेप्टेम्बर ८ मा पहिलो बैठक गर्ने सहमति त्यतिबेलै गरिएको थियो र सोही वाचाअनुरुप बुधबारको बैठक सम्पन्न भएको दूताबासले जनाएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।