दुई वर्षसम्म स्वास्थ्यचौकी भवन सञ्चालनमा नआउँदा सेवाग्राही समस्या

प्रकाश पाक्साँवा/तेह्रथुम, २५ भदौ । तेह्रथुमको छथर गाउँपालिका–४ मा रहेको फाक्चामारा स्वास्थ्यचौकीको भवन उदघाटन भएको दुई वर्ष बित्न लाग्दा पनि सञ्चाालनमा आउन सकेको छैन । राज्यको करोडौँ लगानीमा निमार्ण भएको भवन सञ्चालनमा आउन नसक्दा सेवाग्राही पुरानो भवनबाटै सेवा लिन बाध्य छन् । भवन निमार्ण सम्पन्न भएसँगै २६ पुस २०७६ मा छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले उदघाटन गरेका थिए ।

दुई तले पक्की भवन यतिबेला बोट बिरुवा र झारले ढाकेको छ । करोडौँ लगानीमा निमार्ण गरिएको भवनका भौतिक संरचनाहरू टुट्न र फुट्न थालेका छन् ।

हिमालयन ओम जाम्वीयोजेबी निमार्ण कम्पनीले निमार्ण कार्य सम्पन्न गरी दुई वर्षअघि हस्तारण गरेको थियो । तर, अहिलेसम्म पनि सञ्चालनमा नआउँदा दुःख लागेको स्थानीय निरोज निरौलाले बताए ।

‘नयाँ भवन बनेपछि सहज रूपमा सेवा पाइन्छ भन्ने आशा थियो । तर, वर्षाैँ बितिसक्दा पनि प्रयोगमा आउन नसक्दा हामी सरोकारवालहरूले चासो देखाउनु पर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।

शहरी विकास मन्त्रालयको एक करोड ३९ लाख लागनी निमार्ण कार्य सम्पन्न भएको थियो । कोरोना महामारीको समयमा पनि यो भवन सञ्चालनमा नआउँदा सेवा लिनसमेत समस्या भएको स्थानीय मदन फुयालले बताए ।

छथर गाउँपालिका–४ का साथै २, ३ र ५ का केही क्षेत्रका नागरिकहरूले यस स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका छन् । नागरिकहरुले सेवा लिने भवन भएर पनि सञ्चालनमा आउन नसक्दा यहाँका नागरिकहरुको समस्या ज्यूँका त्यूँ नै छ ।

यता छथर गाउँपालिका ४ का वडाध्यक्ष उपेन्द्र लिम्बुले भने बजेट विनियोजनमा शीर्षक नमिलेका कारण समस्या भएको बताए । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।