विराटनगरमा एक पुरुष मृ त फेला

विराटनगर, २५ भदौ । विराटनगर बसपार्क छेउमा एक जना पुरूष मृ त अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार अन्दाजी ४५ वर्ष उमेरको देखिने ती पुरुष शुक्रबार दिउँसो बसपार्क छेउमा मृ त अवस्थामा फेला परेका हुन् ।

मृ तकको पहिचान खुल्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले घट्ना बारे अनुसन्धान थालेको छ ।

पर्यटकीय क्षेत्रमा आउन थाले आन्तरिक पर्यटक

झापा, २५ भदौ/झापामै चलेको पर्यटकीय स्थल हो, जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र । कनकाई नगरपालिका १ र २ मा रहेको यो पर्यटकीय क्षेत्र जामुनबारी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत छ । यहाँ आन्तरिक पर्यटकको रूपमा झापासँगै, मोरङ, सुनसरी र पहाडी जिल्ला इलाम पाँचथरबाट आउँछन् । आकर्षकको रूपमा सिमसार क्षेत्रमा नाउ, बाल उद्यान, पार्क, खुला व्यायमशाला र वन्यजन्तु अवलोकन केन्द्र छ ।

यहाँ दुई दर्जन बढी प्रजातिका वन्यजन्तु रहेको जामुनबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ख्यामराज सिटौलाले जानकारी दिए । विगतमा यहाँ दैनिक एक हजारले आन्तरिक पर्यटक अवलोकन गर्थे । वाार्षिक दुई करोड रुपैयाँसम्म आम्दानी हुने गरेको थियो । यो सिमसारले सामुदायिक विकास निर्माणका क्षेत्रमा पनि काम गर्ने गरेको थियो ।

तर, कोरोना महामारीका कारण पटक-पटक निषेधाज्ञा हुँदा सिमसार क्षेत्र थलिएको छ । कोरोना महामारीले पर्यटकीय क्षेत्र बन्द भए पनि प्रशासनिक खर्च र वन्यजन्तुको स्याहारसुसार खर्च घटेको छैन । ‘महामारीले त हामीलाई ऋणमा डुबाएको छ । ऋणबाट प्रत्येक दिन वन्यजन्तुलाई पोषण खुवाउँछन् । अत्याधिक धेरै पोषण लाग्छ । पहिलो चरणको महामारी सकिएर बल्ल खलेको थियो । त्यो बेला राम्रै भएको पनि थियो,’ सिटौला भन्छन्, ‘ तर, फेरि महामारीले निषेधाज्ञा सुरू भयो । फेरि ऋणमा डुब्यौँ ।’

कोरोना कहर विस्तारै साम्य भएसँगै जामुनखाडी पर्यटकीय स्थल खुलेको छ । करिब १५ दिनदेखि आन्तरिक पर्यटकका लागि सिमसार खुला गरिएको उनले बताए । ‘खुला त गर्‍यौँ । तर, मान्छे नै कम छन्,’ उनले भने, ‘पहिला एक हजारसम्म दैनिक मान्छे हुन्थे । अहिले दुई सय पनि पुग्न मुस्कि छ ।’

जामुनखाडी मात्र हैन कोरोना संक्रमण दर घट्न थालेपछि झापाका अन्य पर्यटन क्षेत्रहरू खुल्न थालेका छन् । झण्डै ५ महिनाको बन्द पछि खुल्न थालेका झापाका सिमसार तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल भने सामान्य छ ।

कोरोना कहरले भएको बन्दका कारण जिल्लाका दर्जन बढी पर्यटकीय क्षेत्रमा झार जंगलले छोपेको छ । पर्यटकीय क्षेत्र दोमुख, कालिका, बाँसबारी, जामुनबारीलगायतका पर्यटकीय क्षेत्रहरू खुल्न थालेका हुन् । लामो समयको बन्दले घर भित्र बसेका मानिसहरू मनोरञ्जनका लागि निस्कन थालेका छन् । तर, पर्यटकीयस्थलमा सोचेअनुरूप आन्तरिक पर्यटक नआउँदा ऋण तिर्न समस्या भएको मेचीनगर-११ मा रहेको पर्यटकीय बाँसबारी सामुदायिक वनका अध्यक्ष तक्दिर प्रसाईंले बताए ।

‘बन्द भएको दुई वर्ष हुन लागिसक्यो । यहाँको व्यवस्थापन गर्दा ऋण लागेको छ,’ उनी भन्छन्, ‘पहिला त सिलिगुढीसम्मका पर्यटक आउँथे । बन्दले खासै मान्छे आउँदैनन् । त्यसकारण ऋण तिर्न पनि समस्या हुने देखिएको छ ।’-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।