मृ तकका योगदानको सम्झनामा श्र’द्दान्जलि सभा

नारायण कुमार राई, धनकुटा । कोभिड १९(कोरोना) बाट मृ त्यु आफ्ना ४ अग्रज कार्यकर्ताको सम्झना र सम्मानमा नेकपा एमाले जिल्ला कमिटी धनकुटाले एक श्र’ द्दान्जलि सभा गरेर मृ तकका आफन्त र गाउँबासीहरुलाई सहानुभूति प्रकट गरेको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ४ का जिल्ला कमिटी सदस्य स्व.चन्द्र चोङ्गवाङ(लिम्बू),वडा नं. ३ का जिल्ला कमिटी सदस्य शानबहादुर लिम्बू,वडा कमिटीमा आवद्ध भई पार्टीको सेवा गर्दै आउनुभएका दुर्गा प्रसाद ओझा र कर्णबहादुर लिम्बूलाई पाटीले श्र’द्दान्जलि अर्पण गरेको हो ।

ताँखुवा,तेलीया,चुलाचुली र परेवादिन गाउँको संगममा रहेको काजीमाने बजारमा शुक्रबार एक श्र’द्दान्जलि तथा शोक सभाको आयोजना गरेर आफ्ना अभिभावक गुमाए पनि एमाले पाटी रहे सम्म आफूहरुलाई एक्लो नठान्न भनेर पाटीका नेताहरुले सहानुभुति प्रकट गरे ।

एमाले धनकुटाको आयोजना तथा श्र द्दान्जलि सभा ब्यबस्थापन उप—समितिका संयोजक तथा एमाले जिल्ला कमिटी सदस्य शेरबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मृतकका परिवारलाई एमाले धनकुटा,पाटी मातहतका जनवर्गीय संगठन तथा स्थानिय बिभिन्न संघ÷संस्थाहरुले श्रद्धान्जली पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा पार्टीका ४ नेताका योगदानको बारेमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य शिब आङ्ला लिम्बूले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष तथा संघिय सांसद राजेन्द्र कुमार राईले मृतकहरुको योगदानको चर्चागर्दै पार्टीलाई अपूरणीय श्रति भएको बताउनुभयो ।

सभामा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सभासद् ईनद्रमणी पराजुली ,प्रदेश सदस्य गणेश राई(उज्ज्वल), जिल्ला सचिव निरन राई,जिल्ला कमिटी सचिवालय सदस्य तथा राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सचिव बलदिप राई,छथर जोरपाटी गाउँपालिका गाउँ कमिटी अध्यक्ष ईन्द्र सारु मगरले श्रद्धान्जली सभालाई सम्बोधन गर्नुभएको थियो ।

एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं एमाले छथर जोरपाटी सह—ईन्चाज गोमा कार्कीले कार्यक्रममा उपस्थित गाउँबासीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रम आयोजक एमालेलाई स्व. शानबहादुर लिम्बूकी छोरी शान्ति लिम्बू र स्व.चन्द्र चोङ्गवाङका छोरा पृथराज चोङ्गवाङले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

२०२२ सालमा जन्मेका ५६ बर्षिया स्व.चन्द्र चोङ्गवाङ(लिम्बू) को कोभिडका कारण बैसाख ३१ गते देहान्त भएको थियो । उहाँ २०४९ साल देखि १० बर्ष दुई कार्यकाल सम्म एमालेबाट बिजयी भई साबिक तेलिया गा.बि.स.को अध्यक्ष रहनुभएको थियो ।

त्यस्तै २०१२ सालमा जन्मेका शानबहादुर लिम्बूको ६६ बर्षको उमेरमा कोरोनाको कारण जेठ १६ मा देशान्त भएको थियो । उहाँपनि २०४९ सालको गाउँ बिकास समिति स्तरीय चुनावमा तात्कालिन ताँखुवा गा.बि.स.उपाध्यक्षमा अत्याधिक मतले बिजयी हुनुभएको थियो ।

त्यस्तै १९९४ मा जन्म भई ८३ बर्षको उमेरमा २०७७ साल कार्तिक ६ गते कोभिडकै कारण देशान्त भएका स्व.दुर्गा प्रसाद ओझा २०४९ सालमा नेकपा एमालेबाट साबिक तेलिया गा.बि.स.को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २००० सालमा जन्म भई ७८ बर्षको उमेरमा बैसाख २७ गते कोभिडले देशान्त भएका स्व.कर्णबहादुर लिम्बू वडा पाटी कमिटीमा आवद्ध हुनुहुन्थ्यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।