अलैँचीकाे मूल्य बढेसँगै कृषक उत्साहित

दिलकुमार लिम्बु/ताप्लेजुङ, २६ भदौ । कालो सुनको उपनामले परिचित नयाँ अलैँची बजारमा खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो ।

पछिल्लो केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरूमै सोचेभन्दा राम्रो मूल्य आएको आएको बताइएको छ । केही साताअघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ३२ देखि ३५ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ । हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य अपेक्षा गरेभन्दा राम्रो भएकाले अलैँची किसान तथा व्यवसायी दुवैलाई उत्साहित बनाएको हो ।

जिल्लाकै प्रमुख नगदेबालीको रूपमा रहेको अलैँचीको नयाँ उत्पादन (फसल) को मूल्य गत वर्षभन्दा यस वर्ष १२ हजारदेखि १४ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी दिनेश अधिकारीले बताए ।

अधिकारीका अनुसार गत वर्ष नयाँ अलैँची बजारमा कारोबार हुन थाल्दा प्रतिमन २० देखि २२ हजार रुपैयाँ मात्र मूल्य रहेको थियो । यस वर्ष सुरूमा आएको अलैँची मूल्यले किसान तथा व्यवसायी दुवैलाई सन्तुष्ट बनाएको अधिकारीको भनाइ छ ।

फुङ्लिङ बजारकै अर्का व्यवसायी भद्र रेग्मीले पनि यस वर्षको अलैँची मूल्यले सधैं निरासा खेप्दै आएका किसान तथा व्यवसायीलाई उत्साहित बनाएको बताए ।

विगतका वर्षमा प्रतिमन २० देखि २२ हजार रुपियाँमा कारोबार हुँदै आएको अलैँची यो सुरूमै प्रतिमन करिव १५ हजार रुपैयाँभन्दा बढीमा कारोबार हुनु भनेको धेरै राम्रो मूल्य भएको व्यवसायी रेग्मीको भनाइ छ । यसरी सुरूमा नै राम्रो मूल्य आएकाले सिजनसम्म नै राम्रो मूल्य आउने जिल्लाका किसान तथा व्यवसायीले अपेक्षा राखेका छन् ।

यता यसवर्ष अलैँची उत्पादन भने ह्वात्तै घटेको किसानले बताएका छन् । अहिले औल क्षेत्रको अलैँची निस्कन थालेको र औल क्षेत्रमा विगतको तुलनामा आधाभन्दा धेरै उत्पादन घटेको फुङ्लिङ नगरपालिका–१ का किसान मकरजङ लिम्बुले बताउनुभयो । लिम्लुका अनुसार यसवर्ष औल क्षेत्रमा सबैतिर अलैँची नफलेकाले उत्पादन घटेको छ । लेकाली क्षेत्रमा भने अलैँची फल राम्रै लागेको किसानले बताएका छन् । लेकाली क्षेत्रको अलैँची भने कात्तिकदेखि मङ्सिर सम्ममा निस्कने गर्दछ ।न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।