सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी, २६ भदौ (रासस) : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

शैक्षिक गुणस्तर सुधार्न सम्झौता

वालिङ, २६ भदौ (रासस) : शैक्षिक गुणस्तर सुधार गर्न स्याङ्जाको वालिङ नगरपालिका र ब्रिटिश काउन्सिलबीच सम्झौता गरिएको छ । शिक्षा क्षेत्रमा देखिएका कमी–कमजोरीलाई सुधार गर्दै आधुनिक र व्यवस्थित शिक्षण सिकाइ क्रियाकलापमा जोड दिने मुख्य उद्देश्यले सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा नगरप्रमुख दिलीपप्रताप खाँण र ब्रिटिश काउन्सिलका कन्ट्री डाइरेक्टर शाहिदा माकडौगेलबीच हस्ताक्षर गरिएको छ । नगरभित्रका सबै सामुदायिक विद्यालयमा लागू हुने गरी शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक परियोजना सञ्चालनका लागि सम्झौता गरिएको नगरप्रमुख खाँणले बताउनुभयो ।

परियोजनाअन्तर्गत विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन र विषयगत शिक्षकबीच शैक्षिक गुणस्तर वृद्धिका लागि आ–आफ्नो भूमिकामा स्पष्टता, एकरुपता बनाउनका लागि परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख खाँणले बताउनुभयो ।

“शिक्षण सिकाइ क्रियाकलापलाई थप व्यवस्थित र समयानुकूल बनाउँदै लगिने छ”, प्रमुख खाँणले भन्नुभयो, “विषयवस्तुप्रतिको सिकाइ र सिकाउने कलामा निपूर्णता ल्याउँदै गुणस्तरको मापन गरिने छ ।”

असल अभ्यासको स्थानीयकरण र प्राप्त उपलब्धिको संरक्षण जस्ता विषयमा केन्द्रित रहेर उक्त परियोजना आगामी तीन वर्षसम्म सञ्चालन हुने प्रमुख खाँणले बताउनुभयो । ब्रिटिश काउन्सिलमार्फत उक्त परियोजना पहिलो चरणमा स्याङ्जाको वालिङ र नवलपरासीको कावासोती नगरपालिकामा नमूनाका रूपमा सञ्चालन गरिएको ब्रिटिश काउन्सिलका कन्ट्री डाइरेक्टर शाहिदा माकडौगेलले बताउनुभयो ।

परियोजना सञ्चालनका लागि पहिलो वर्ष ब्रिटिश काउन्सिलबाट कूल रकमको ७० प्रतिशत, दोस्रो वर्ष ६० प्रतिशत र तेस्रो वर्ष ५० प्रतिशत रकम उपलब्ध गराइने छ । सो नगरपालिकाले पहिलो वर्ष ३० प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ५० प्रतिशत रकम खर्च गर्ने गरी सम्झौता गरिएको छ ।

चालु शैक्षिक सत्रबाट यो परियोजना लागू हुने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो । नगरभित्रका ५६ आधारभूत विद्यालय र १६ माध्यमिक गरी कूल ७२ सामुदायिक विद्यालयमा यो परियोजना तीन वर्षसम्म सञ्चालन हुने शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

पहिलो, दोस्रो र तेस्रो वर्षमा के–कसरी अगाडि बढ्ने भन्ने योजनासहित परियोजना सञ्चालन गरिएको हो । परियोजनाअन्तर्गत विद्यालयको स्पष्ट योजना, पारदर्शी कार्यान्वयन र उपलब्धि मापनयोग्य हुने प्रमुख सापकोटाले जानकारी दिनुभयो । विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालालाई आवश्यक तालिम, ज्ञान तथा सीप हस्तान्तरण गर्दै लगिने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।