इलाममा उत्पादन भएको अलैँचीको बिरुवा लमजुङ र संखुवासभा निकासी

इलाम, २६ भदौ । बर्षेनी अलैँचीको विरुवा उत्पादन गर्दै आएको सरकारी निकाय अलैँची विकास केन्द्रले यो वर्ष ८० हजार बिरुवा उत्पादन गरेर विक्री गरेको छ । केन्द्रले उत्पादन गरेको अलैँचीको विरुवामध्ये ४० हजार विरुवा लमजुङ, ३० हजार विरुवा संखुवासभा निकासी भएको छ । १० हजार विरुवा भने इलामकै किसानले रोपेका छन् ।

अलैँची विकास केन्द्रले यो वर्ष लक्ष्यभन्दा भन्दा बढी विरुवा उत्पादन गरेर विक्री गरेको हो । ‘यो वर्ष ५० हजार विरुवा उत्पादन गर्ने लक्ष्य थियो,’ केन्द्रका प्राविधिक सहायक दिलबहादुर श्रेष्ठले भने, ‘लक्ष्य भन्दा बढी नै विरुवा उत्पादन भयो ।’ अलैँचीको विरुवा विक्रीबाट केन्द्रले चार लाख रुपैयाँ राजश्व संकलन गरेको छ । अलैँची विकास केन्द्रले रामसाइ, गोलसाइ, डम्बरसाइ, भार्लाङ र जिर्मले जातको विरुवा उत्पादन गर्ने गरेको छ ।

अलैँचीको विरुवाको माग तीव्र भएपछि इलाममा निजी क्षेत्रले पनि अलैँचीको विरुवा उत्पादन गर्ने गरेका थिए । तर विरुवाको माग कम भएपछि निजी क्षेत्रले भने अलैँचीको नर्सरी राख्न छाडेका छन् । अलैँचीको विरुवा किन्न किसान आउन छाडेपछि निजी किसानले नर्सरी राख्न छाडेको सलकपुरका किसान कुमार तामाङ्गले बताए । ‘पहिले यहाँका किसानले फल भन्दा बढी विरुवा विक्री गरेर आम्दानी लिन्थे,’ तामाङले भने, ‘अहिले त विरुवा खोज्नै आउँदैनन् ।’ इलामबाट बिरुवा लगेका किसानले आफ्नै क्षेत्रमा बिरुवा उत्पादन गर्न थालेकाले अलैँचीको बिरुवा लिन इलाम आउनुपर्ने अवस्था नभएको उनको भनाइ छ ।

अलैँचीमा देखिएको रोगले बगानै सखाप हुँदै आएको भए पनि अलैँची खेतीको विस्तार रोकिएको छैन । हाल मुलुकको ५४ जिल्लाको १७ हजार हेक्टरमा अलैँचीको खेती भइरहेको छ । अलैँचीमा देखिने छिर्के, फुर्के, गानो कुहिने, डढुवाजस्ता रोगले किसान हैरान भएका छन् । जमिनको उचाईअनुसार त्यस क्षेत्रमा सिफारिस गरिएको विरुवा रोप्ने हो भने रोगको संक्रमण कम हुने प्राविधिक बताउँछन् । सुख्खा र ताता क्षेत्रमा जिर्मले जातको अलैँची फस्टाउने गरेको छ । लेकाली क्षेत्रमा भने रामसाई, गोलसाई जातको विरुवा फष्टाउने गरेको छ । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।